कोभिड-१९: यो साता परीक्षण गरिएकामध्ये तीन प्रतिशतमा सङ्क्रमण
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार यो एक साताको अवधिमा परीक्षण गरिएकामध्ये ३.४७ प्रतिशतमा कोभिड सङ्क्रमण पुष्टि भएको छ । यो साता प्रतिदिन सरदर तीन जनाको मृत्यु भएको तथ्याङ्कले देखाउँछ । एक सातामा ४९ हजार ९ सय ९४ ओटा स्वाब परीक्षण गरिएको मन्त्रालयले जनाएको छ । यो साता १ हजार ७ सय ३५ जनामा कोभिड–१९ को सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ । एक सातामा २ हजार ३६ जना सङ्क्रमित निको भए भने २४ जनाको मृत्यु भएको मन्त्रालयले जनायो ।
प्रदेश १
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार मङ्सिर ६ गतेदेखि १३ गतेसम्मको अवधिमा झापामा ५४ जना पुरूष र ४३ जना महिला गरी ९७ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । त्यसैगरी सुनसरीमा २९ जना पुरूष र २७ जना महिला गरी ५६ जना, मोरङमा ४७ जना पुरूष र ३३ जना महिला गरी ८० जना, उदयपुरमा चार जना पुरूष र चार जना महिला गरी आठ जना, भोजपुरमा दुई जना पुरूष र तीन जना महिला गरी पाँच जना, धनकुटामा चार जना पुरूष र चार जना महिला गरी आठ जना, इलाममा पाँच जना पुरूष र चार जना महिला गरी नौ जना, खोटाङमा एक जना पुरूष, ओखलढुङ्गामा दुई जना पुरूष, सोलुखुम्बमा एक जना पुरूष, पाँचथरमा चार जना पुरूष र दुई जना महिला गरी ६ जना, ताप्लेजुङमा एक जना पुरूष र तेहृथुममा एक जना पुरूषमा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । यो साता सङ्खुवासभामा कोभिड–१९ को सङ्क्रमण पुष्टि नभएको मन्त्रालयले जनाएको छ । प्रदेश १ मा रहेका कोशी कोभिड–१९ अस्पताल,प्रदेश जनस्वास्थ्य प्रयोगशाला, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा प्रयोगशाला, मेची अस्पताल प्रयोगशाला, कोटीहोम प्रयोगशाला, नोवेल अस्पताल प्रयोगशाला, विराट अस्पताल प्रयोगशाला र न्यूरो अस्पताल प्रयोगशालामा गरिएको कोभिड–१९ को परीक्षणमा प्रदेश १ मा एक साताको अवधिमा २ सय ७१ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
गण्डकी प्रदेश
प्रदेश सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशको मङ्सिर १३ गतेको तथ्याङ्क अनुसार प्रदेशमा कुल ८७ हजार ९ सय ७ जना कोभिड–१९ बाट सङ्क्रमित भएका छन् । हाल कास्की र नवलपरासी पूर्वमा २ सय भन्दा बढी सक्रिय सङ्क्रमित रहेका छन् भने मनाङमा सक्रिय सङ्क्रमितको सङ्ख्या शुन्य रहेको छ । गण्डकी प्रदेशमा रहेका सक्रिय सङ्क्रमित मध्ये १ हजार १ सय ५ जना होम आइसोलेशन, ४७ जना संस्थागत आइसोलेशन र आठ जना आइसियू र एक जना भेण्टिलेटरमा रहेका छन् । गत २४ घण्टामा प्रदेशमा कोभिड–१९ को सङ्क्रमणबाट एक जनाको मृत्यु भएको छ । योसगै प्रदेशमा कोभिड–१९ को सङ्क्रमणबाट कुल १ हजार ४ सय १७ जनाको मृत्यु भएको छ । प्रदेश सरकार स्वास्थ्य जनसङ्ख्या मन्त्रालयको तथ्याङ्क अनुसार मङ्सिर १३ गतेसम्म गण्डकी प्रदेशमा कोभिड–१९ विरुद्ध ७ लाख ५२ हजार ७ सय ४० जनाले पूर्ण खोप लगाएका छन् भने ११ लाख ७९ हजार ४ सय ४ जनाले खोपको पहिलो मात्रा लगाएका छन् ।
सुदूरपश्चिम प्रदेश
सुदूरपश्चिम प्रदेश समाजिक विकास मन्त्रालय स्वास्थ्य निर्देशनालय राजपुर, डोटीका अनुसार सुदूरपश्चिम प्रदेशमा २०७८ मङ्सिर ७ गतेदेखि २०७८ मङ्सिर १३ गतेसम्म ५० जनामा सङ्क्रमण पुष्टि भएको छ । मङ्सिर १३ गते मात्रै सुदूरपश्चिमका बाजुरामा एक, कैलालीमा चार, कञ्चनपुरमा दुई र अन्य अस्पतालमा दुई जना गरी नौ जनामा सङ्क्रमण पुष्टि भएको छ । यस साता कोभिड सङ्क्रमितबाट एक जनाको मुत्यु भएको भएसँगै यस प्रदेशमा मृत्यु हुनेको सङ्ख्या ६ सय ९ जना रहेको सुदूरपश्चिम प्रदेश समाजिक विकास मन्त्रालय स्वास्थ्य निर्देशनालय राजपुर, डोटीले जनाएको छ । मङ्सिर १३ गतेसम्म दुई जना महिलासहित ६ जना आइसोलेशनमा रहेका छन् । अधिल्लो २४ घण्टामा भेन्टीलेटरमा दुई जना र आइसियुमा ६ जना गरी आठ जना बिरामीहरुको उपचार भइरहेको मन्त्रालयले जनाएको छ । हालसम्म ४ लाख ७ हजार २ सय ७ जनाको कोभिड परीक्षण भएकोमा ४८ हजार २२ जनामा सङ्क्रमण पुष्टि भइसकेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार सुदूरपश्चिम प्रदेशमा कोभिशिल्ड पहिलो खोप पाउनेको सङ्ख्या ३ लाख ४ हजार ९ सय १८ जना रहेकोमा कोभिशिल्ड दोस्रो खोप १ लाख ८९ हजार ८ सय २३ जनाले मात्रै पाएका छन् । यसैगरी भेरोसेल पहिलो खोप पाउनेको सङ्ख्या ५ लाख ११ हजार ४८ जना रहेकोमा भेरोसेल दोस्रो खोप ३ लाख ९४ हजार ३ सय ६ जनाले मात्रै पाएका छन् । जोन्सन एण्ड जोन्सन कम्पनीको खोप १ लाख ३९ हजार ९ सय ७९ जनालाई लगाइएको छ ।
अनलाइन डेस्क
सम्बन्धित समाचारहरू
बलात्कार प्रयास घटनाका आरोपित विरूद्ध उजुरी
४३ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा पीडित पक्षले ५४ वर्षीय नातेदार विरूद्ध असार १७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका छन् । पीडितलाई आरोपितले असार १६ गते खेतमा काम…
घरेलु हिंसा पीडित घाइते महिलाको इन्सेकको पहलमा उद्धार
घरेलु हिंसा पीडित गंगाजमुना गाउँपालिका-६ बसेरीकी ३१ वर्षीया रेखा मुक्तान खत्रीको ०७९ असार १८ गते घाइते अवस्थामा इन्सेक जिल्ला प्रतिनिधिको पहलमा उद्धार गरिएको छ । पीडित रेखा पति ३७ वर्षीय…
गाउँपालिकाले समयमै सामाजिक सुरक्षा भत्ता नदिएको ज्येष्ठ नागरिकको गुनासो
सिमकोट गाउँपालिकाबाट समयमै सामाजिक सुरक्षा भत्ता नपाएको ज्येष्ठ नागरिकहरूले गुनासो गरेका छन् । ०७८ साउनदेखि सिमकोट गाउँपालिकाले समयमै ज्येष्ठ नागरिकहरूको सामाजिक सुरक्षा भत्ता आफुहरूलाई वितरण नगरेको सिमकोट गाउँपालिका–३ का ७८…
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (असार १८ गते)
असार १८ गते ३३ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७९ हजार ७ सय ६२ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा १…
पत्नी कुटपिट घटनाका आरोपित गिरफ्तार
भानु नगरपालिका–१ नयाँबस्तीकी ३२ वर्षीया चिजा गुरुङलाई कुटपिट गरेको आरोपमा प्रहरीले २५ वर्षीय विक्रम गन्धर्वलाई असार १८ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले असार १७ गते साँझ कुटपिट…