कोभिड-१९: यो साता परीक्षण गरिएकामध्ये चार प्रतिशतमा सङ्क्रमण
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार यो एक साताको अवधिमा परीक्षण गरिएकामध्ये ४ प्रतिशतमा कोभिड सङ्क्रमण पुष्टि भएको छ । यो साता प्रतिदिन सरदर चार जनाको मृत्यु भएको तथ्याङ्कले देखाउँछ । एक सातामा ५९ हजार ८ सय ५५ ओटा स्वाब परीक्षण गरिएको मन्त्रालयले जनाएको छ । यो साता २ हजार ४ सय ४ जनामा कोभिड–१९ को सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ । एक सातामा २ हजार ७ सय ७२ जना सङ्क्रमित निको भए भने २५ जनाको मृत्यु भएको मन्त्रालयले जनायो ।
प्रदेश १
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ०७८ कात्तिक २२ गतेदेखि २९ गतेसम्मको अवधिमा झापामा ७४ जना पुरूष र ४८ जना महिला गरी १ सय २२ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । त्यसैगरी सुनसरीमा ४३ जना पुरूष र ३६ जना महिला गरी ७९ जना, मोरङमा ९१ जना पुरूष र ८७ जना महिला गरी १ सय ७८ जना, सङ्खुवासभामा दुई जना पुरूष र एक जना महिला गरी तीन जना, उदयपुरमा पाँच जना पुरूष र एक जना महिला गरी ६ जना, भोजपुरमा एक जना पुरूष र एक जना महिला गरी दुई जना, धनकुटामा तीन जना पुरूष र दुई जना महिला गरी पाँच जना, इलाममा पाँच जना पुरूष र ५ जना महिला गरी १० जना, खोटाङमा दुई जना पुरूष र एक जना महिला गरी तीन जना, ओखलढुङ्गामा एक जना पुरूष र एक जना महिला गरी दुई जना,सोलुखुम्बमा एक जना पुरूष र एक जना महिला गरी दुई जना, पाँचथरमा पाँच जना पुरूष, र तेहृथुममा एक जना पुरूषमा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । यो साता ताप्लेजुङमा कोभिड–१९ को सङ्क्रमण पुष्टि नभएको मन्त्रालयले जनाएको छ । प्रदेश १ मा रहेका कोशी कोभिड–१९ अस्पताल,प्रदेश जनस्वास्थ्य प्रयोगशाला, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा प्रयोगशाला, मेची अस्पताल प्रयोगशाला, कोटीहोम प्रयोगशाला, नोवेल अस्पताल प्रयोगशाला, विराट अस्पताल प्रयोगशाला र न्यूरो अस्पताल प्रयोगशालामा गरिएको कोभिड–१९ को परीक्षणमा प्रदेश १ मा एक साताको अवधिमा ४ सय १८ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
गण्डकी प्रदेश
प्रदेश सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशको कात्तिक २९ गतेको तथ्याङ्क अनुसार प्रदेशमा कुल ८७ हजार ६ सय ७१ जना कोभिड–१९ बाट सङ्क्रमित भएका छन् । हाल कास्की र नवलपरासी पूर्वमा २ सयभन्दा बढी सक्रिय सङ्क्रमित रहेका छन् भने मनाङमा सक्रिय सङ्क्रमितको सङ्ख्या शुन्य रहेको छ । गण्डकी प्रदेशमा रहेका सक्रिय सङ्क्रमितमध्ये १ हजार १ सय ९३ जना होम आइसोलेशन, ५८ जना संस्थागत आइसोलेशन र ५९ जना आइसीयू र १२ जना भेण्टिलेटरमा रहेका छन् । गण्डकी प्रदेशमा कोभिड–१९ को सङ्क्रमणबाट १ हजार ४ सय ३ जनाको मृत्यु भएको छ । प्रदेश सरकार स्वास्थ्य जनसङ्ख्या मन्त्रालयको तथ्याङ्क अनुसार कात्तिक २९ गतेसम्म गण्डकी प्रदेशमा कोभिड–१९ विरुद्ध ७ लाख २९ हजार ९९ जनाले पूर्ण खोप लगाएका छन् भने १० लाख ४६ हजार ९ सय ८६ जनाले खोपको पहिलो मात्रा लगाएका छन् ।
कर्णाली प्रदेश
कर्णाली प्रदेशमा १ लाख ७९ हजार ८ सय ८० जनाले कोभिड –१९ परीक्षण गरेकोमा हालसम्म ३३ हजार ८ सय ८५ जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ । कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार हालसम्म ३२ हजार एक सय १४ जना कोभिड मुक्त भएका छन् । हाल आइसोलेशनमा ३२ जना रहेका छन् भने मृत्यु हुनेको सङ्ख्या ३ सय ८६ रहेको छ । यो साता ३३ जना नयाँ सङ्क्रमित थपिएका छन् । सातामा कोभिडबाट एकजनाको मृत्यु भएको निर्देशनालयले जनाएको छ । पछिल्लो २४ घण्टामा १८ जनाले परीक्षण गरेकोमा ४ जना सङ्क्रमित भेटिएका छन् ।
सुदूरपश्चिम प्रदेश
सुदूरपश्चिम प्रदेश समाजिक विकास मन्त्रालय स्वास्थ्य निर्देशनालय राजपुर, डोटीका अनुसार सुदूरपश्चिम प्रदेशमा २०७८ कात्तिक २३ गतेदेखि २०७८ कात्तिक २९ गतेसम्म ८२ जनामा सङ्क्रमण पुष्टि भएको छ । कात्तिक २९ गते मात्रै सुदूरपश्चिमका डडेल्धुरामा एक, कैलालीमा १७ र कञ्चनपुरमा एक जना गरी १९ जनामा सङ्क्रमण पुष्टि भएको छ । यस साता कोभिड सङ्क्रमितबाट तीन जनाको मुत्यु भएसँगै यस प्रदेशमा मृत्यु हुनेको सङ्ख्या ६ सय ८ जना रहेको सुदूरपश्चिम प्रदेश समाजिक विकास मन्त्रालय स्वास्थ्य निर्देशनालय राजपुर, डोटीले जनाएको छ । कात्तिक २९ गतेसम्म एक जना महिलासहित १० जना आइसोलेशनमा रहेका छन् । अघिल्लो २४ घण्टामा आइसीयूमा तीन, भेन्टीलेटरमा एक र कोभिड वार्डमा एक जना बिरामीको उपचार भइरहेको मन्त्रालयले जनाएको छ । हालसम्म ३ लाख ९७ हजार ९ सय ७८ जनाको कोभिड परीक्षण भएकोमा ४७ हजार ९ सय १६ जनामा सङ्क्रमण पुष्टि भइसकेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार सुदूरपश्चिम प्रदेशमा कोभिशिल्ड पहिलो खोप पाउनेको सङ्ख्या २ लाख ८० हजार ६४ जना रहेकोमा कोभिशिल्ड दोस्रो खोप १ लाख ८६ हजार ९३ जनाले मात्रै पाएका छन् । यसैगरी भेरोसेल पहिलो खोप पाउनेको सङ्ख्या ५ लाख ११ हजार ४८ जना रहेकोमा भेरोसेल दोस्रो खोप ३ लाख ७१ हजार ४ सय ६३ जनाले मात्रै पाएका छन् । जोन्सन एण्ड जोन्सन कम्पनीको खोप १ लाख ३९ हजार ९ सय ७९ जनालाई लगाइएको छ । अघिल्लो २४ घण्टामा कोभिशिल्ड महिलो खोप २४ हजार ८ सय ५४ जनाले पाएका छन् भने दोस्रो खोप ३ हजार ७ सय ३० जनाले पाएकोमा भेरोसेल दोस्रो खोप २२ हजार ८ सय ४३ जनाले पाएको मन्त्रालयले जनाएको छ ।
अनलाइन डेस्क
सम्बन्धित समाचारहरू
लोडसेडिङ्गको समय बढाएपछि एसइई परिक्षा तयारीका विद्यार्थीलाई सास्ती
सदरमुकामस्थित सिमकोट गाउँपालिकामा दैनिक १६ घण्टा विद्युत लोडसेडिङ्ग हुँदा आगामी चैत १७ गतेदेखि सुरू हुने एसइई परिक्षाको तयारी गर्दै आएका विद्यार्थीहरूले सास्ती खेपेका छन् प्रत्येक दिन सदरमुकाम सिमकोटमा लोडसेडिङ्ग हुँदै…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
१४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा सुरुङ्गा नगरपालिका–४ कदमाहा टोलका ४२ वर्षीय बच्चु भनिने शिव शंकर चौधरी माघ १८ गते गिरफ्तार भएका छन् । आफ्नै पसलमा व्यपार गरेर बसिरहेकी…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले खडक नगरपालिका–२ दुहबी टोलका ४१ वर्षीय शनिदेव चौधरीलाई माघ १६ गते गिरफ्तार गरेको छ । पीडितकी आमाले दिएको उजुरी दर्ता गर्दै इलाका प्रहरी…
डाक्टरको लापर्बाहीले अस्पतालमा सुत्केरीकको मृत्यु भएको आफन्तको आरोप
मरिण गाउँपालिका-४ वाक्सिङटारकी २७ वर्षीया सीता तामाङको उपचारको क्रममा सिन्धुली अस्पतालका डाक्टरको लापर्बाहीले ०७९ माघ १८ गते मृत्यु भएको आरोप लगाउँदै मृतकका आफन्तहरूले माघ १८ गते अस्पताल परिसरमा विरोध प्रदर्शन…
बलात्कार घटनाका कसुरदारलाई १० वर्ष कैद सजायको फैसला
१७ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा लालबन्दी नगरपालिका–११ का ३२ वर्षीय विकास कापर र लालबन्दी नगरपालिका–५ का २९ वर्षीय रमन कापरलाई जिल्ला अदालत सर्लाहीले माघ १७ गते १० वर्ष कैद…