कोभिड-१९: यो साता परीक्षण गरिएकामध्ये सात प्रतिशतमा सङ्क्रमण
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार यो एक साताको अवधिमा परीक्षण गरिएकामध्ये ६.३७ प्रतिशतमा कोभिड सङ्क्रमण पुष्टि भएको छ । यो साता प्रतिदिन सरदर पाँच जनाको मृत्यु भएको तथ्याङ्कले देखाउँछ । एक सातामा २५ हजार ९ सय ७८ ओटा स्वाब परीक्षण गरिएको मन्त्रालयले जनाएको छ । यो साता १ हजार ९ सय १८ जनामा कोभिड–१९ को सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ । एक सातामा ३ हजार ५ सय ४२ जना सङ्क्रमित निको भए भने ३७ जनाको मृत्यु भएको मन्त्रालयले जनायो ।
प्रदेश १
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ०७८ कात्तिक १६ गतेदेखि २२ गतेसम्मको अवधिमा झापामा ६० जना पुरूष र ३९ जना महिला गरी ९९ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । त्यसैगरी सुनसरीमा ३९ जना पुरूष र २८ जना महिला गरी ६७ जना, मोरङमा ५२ जना पुरूष र ४६ जना महिला गरी ९८ जना, सङ्खुवासभामा चार जना पुरूष र एक जना महिला गरी पाँच जना, उदयपुरमा तीन जना पुरूष र तीन जना महिला गरी ६ जना, धनकुटामा दुई जना महिला, इलाममा तीन जना महिला, खोटाङमा दुई जना पुरूष र दुई जना महिला गरी चार जना, ओखलढुङ्गामा दुई जना पुरूष र एक जना महिला गरी तीन जना, पाँचथरमा एक जना पुरूष र एक जना महिला गरी दुई जना र तेहृथुममा एक जना महिलामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । यो साता भोजपुर, सोलुखुम्बु र ताप्लेजुङमा कोभिड–१९ सङ्क्रमित फेला नपरेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । प्रदेश १ मा रहेका कोशी कोभिड–१९ अस्पताल,प्रदेश जनस्वास्थ्य प्रयोगशाला, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा प्रयोगशाला, मेची अस्पताल प्रयोगशाला, कोटीहोम प्रयोगशाला, नोवेल अस्पताल प्रयोगशाला, विराट अस्पताल प्रयोगशाला र न्यूरो अस्पताल प्रयोगशालामा गरिएको कोभिड–१९ को परीक्षणमा प्रदेश १ मा एक साताको अवधिमा २ सय ९० जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
गण्डकी प्रदेश
प्रदेश सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशको कात्तिक १५ गतेको तथ्याङ्क अनुसार प्रदेशमा कुल ८७ हजार ५ सय २ जना कोभिड–१९ बाट सङ्क्रमित भएका छन् । हाल कास्की र नवलपरासी पूर्वमा २ सय भन्दा बढी सक्रिय सङ्क्रमित रहेका छन् । गण्डकी प्रदेशमा रहेका सक्रिय सङ्क्रमित मध्ये १ हजार २ सय ३८ जना होम आइसोलेशन, ७३ जना संस्थागत आइसोलेशन र २५ जना आइसियू र दुई जना भेण्टिलेटरमा रहेका छन् । गत २४ घण्टामा प्रदेशमा कोभिड–१९ को सङ्क्रमणबाट एक जनाको मृत्यु भएको छ । योसगै प्रदेशमा कोभिड–१९ को सङ्क्रमणबाट कुल १ हजार ३ सय ९८ जनाको मृत्यु भएको छ । प्रदेश सरकार स्वास्थ्य जनसङ्ख्या मन्त्रालयको तथ्याङ्क अनुसार कात्तिक २२ गतेसम्म गण्डकी प्रदेशमा कोभिड–१९ विरुद्ध ६ लाख २८ हजार ९ सय ६७ जनाले पूर्ण खोप लगाएका छन् भने ९ लाख २० हजार २ सय ११ जनाले खोपको पहिलो मात्रा लगाएका छन् ।
कर्णाली प्रदेश
कर्णाली प्रदेशमा १ लाख ७९ हजार ६ सय पाँच जनाले कोभिड–१९ परीक्षण गरेकोमा हालसम्म ३३ हजार ८ सय ५२ जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ । कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार हालसम्म ३२ हजार ४२ जना कोभिडलाई जितेर घर फर्किएका छन् । हाल आइसोलेशनमा ५८ जना रहेका छन् भने मृत्यु हुनेको सङ्ख्या ३ सय ८५ रहेको छ । यो साता ११ जना नयाँ सङ्क्रमित थपिएका छन् । यो साता कोभिडबाट एकजनाको मृत्यु नभएको निर्देशनालयको जनाएको छ ।
सुदूरपश्चिम प्रदेश
सुदूरपश्चिम प्रदेश समाजिक विकास मन्त्रालय स्वास्थ्य निर्देशनालय राजपुर, डोटीका अनुसार सुदूरपश्चिम प्रदेशमा २०७८ कात्तिक १६ गतेदेखि २०७८ कात्तिक २२ गतेसम्म ७९ जनामा सङ्क्रमण पुष्टि भएको छ । कात्तिक २२ गते मात्रै सुदूरपश्चिमका बझाङमा एक, डोटीमा एक, कैलालीमा १०, कञ्चनपुरमा नौ र अन्य जिल्लामा नौ जना गरी ३० जनामा सङ्क्रमण पुष्टि भएको छ । यस साता कोभिड सङ्क्रमितको मुत्यु नभएको भएपनि हालसम्म यस प्रदेशमा मृत्यु हुनेको सङ्ख्या ६ सय ५ जना रहेको सुदूरपश्चिम प्रदेश समाजिक विकास मन्त्रालय स्वास्थ्य निर्देशनालय राजपुर, डोटीले जनाएकोे छ । कात्तिक २२ गतेसम्म एक जना महिलासहित सात जना आइसोलेशनमा रहेका छन् । अघिल्लो २४ घण्टामा ३० जना अस्पतालबाट डिस्चार्ज भएका छन् । अधिल्लो २४ घण्टामा आइसियुमा एक र कोभिड वर्डमा एक तीन जना बिरामीहरुको उपचार भइरहेको मन्त्रालयले जनाएको छ । हालसम्म ३ लाख ९१ हजार ६२ जनाको कोभिड परीक्षण भएकोमा ४७ हजार ८ सय ३४ जनामा सङ्क्रमण पुष्टि भइसकेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार सुदूरपश्चिम प्रदेशमा कोभिशिल्ड पहिलो खोप पाउनेको सङ्ख्या २ लाख ७६ हजार ५ सय ४४ जना रहेकोमा कोभिशिल्ड दोस्रो खोप १ लाख ८० हजार १ सय २३ जनाले मात्रै पाएका छन् । यसैगरी भेरोसेल पहिलो खोप पाउनेको सङ्ख्या ४ लाख ८७ हजार २७ जना रहेकोमा भेरोसेल दोस्रो खोप ३ लाख ३० हजार ४ सय ५२ जनाले मात्रै पाएका छन् । जोन्सन एण्ड जोन्सन कम्पनीको खोप १ लाख ३९ हजार ९ सय ७४ जनालाई लगाइएको छ । अघिल्लो २४ घण्टामा भेरोसेल दोस्रो खोप १ हजार ९ सय १७ जनाले पाएको मन्त्रालयले जनाएको छ ।
अनलाइन डेस्क
सम्बन्धित समाचारहरू
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (जेठ ११ गते)
जेठ ११ गते चार जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७९ हजार ९१ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा १ हजार ८ सय ८९…
तीन बर्षदेखि सम्पर्कमा नआएका बुवाको खोजीमा सहयोग गरिदिन छोरीको अनुरोध
रोजगारीको लागि ठेकदारसँग डोल्पा गएका सल्यानका एक व्यक्ति तीन बर्षदेखि सम्पर्कमा नआएपछि उनको खोजी कार्यमा सहयोग गरीदिन पीडित परिवारले सरोकारवालाई अनुरोध गरेको छ । डोल्पाको दुनैमा घर प्लास्टर गर्ने कामका…
यौन दुर्व्यवहार घटनाका आरोपितद्वारा आत्महत्या
११ वर्षीया बालिकालाई यौन दुर्व्यवहार घटनाका आरोपित भिमदत्त नगरपालिका–२ महुलियाका ३४ वर्षीय दिनेश मालीले आफ्नै घरको पङ्खामा झुण्डिएर जेठ १० गते आत्महत्या गरेका छन् । जेठ १० गते समान किन्न…
रोल्पा कारागारमा कैदीको मृत्यु प्रकरण, मृतक सुर्खेतका शाह नभइ बाँकेका हरिजनको भएको खुलासा
रोल्पा कारगारमा जेठ ४ गते झुण्डिएको अवस्थामा मृत भेटिएका भनिएका सुर्खेत जिल्ला बराहताल गाउँपालिका– १ घोडाआँखेका २७ वर्षीय बिजयविक्रम शाह नभइ बाँके जिल्ला नेपालगञ्ज उपमनपा–२ का सुन्दर हरिजन भएको खुलेको…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले बुटवल उपमहानपा–११ रङ्गशालाका ५९ वर्षीय रुपनाथ ढकाललाई जेठ ९ गते बुटवलबाट गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले खाजा खुवाउने प्रलोभन देखाएर जेठ ७…