कोभिड-१९: यो साता परीक्षण गरिएकामध्ये ६ प्रतिशतमा सङ्क्रमण
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार यो एक साताको अवधिमा परीक्षण गरिएकामध्ये ६.३७ प्रतिशतमा कोभिड सङ्क्रमण पुष्टि भएको छ । यो साता प्रतिदिन सरदर आठ जनाको मृत्यु भएको तथ्याङ्कले देखाउँछ । एक सातामा ५१ हजार ४ सय ४६ ओटा स्वाब परीक्षण गरिएको मन्त्रालयले जनाएको छ । यो साता ३ हजार २ सय ८२ जनामा कोभिड–१९ को सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ । एक सातामा ४ हजार २ सय ६९ जना सङ्क्रमित निको भए भने ५५ जनाको मृत्यु भएको मन्त्रालयले जनायो ।
प्रदेश १
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ०७८ कात्तिक ८ गतेदेखि १५ गतेसम्मको अवधिमा झापामा १ सय २९ जना पुरूष र १ सय ३५ जना महिला गरी २ सय ६४ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । त्यसैगरी सुनसरीमा ६९ जना पुरूष र ६५ जना महिला गरी १ सय ३४ जना, मोरङमा १ सय ४३ जना पुरूष र १ सय ३५ जना महिला गरी २ सय ७८ जना, सङ्खुवासभामा चार जना पुरूष र तीन जना महिला गरी सात जना, उदयपुरमा ६ जना पुरूष र पाँच जना महिला गरी ११ जना, भोजपुरमा दुई जना पुरूष, धनकुटामा पाँच जना महिला, इलाममा नौ जना पुरूष र ५ जना महिला गरी १४ जना, खोटाङमा चार जना पुरूष र चार जना महिला गरी आठ जना, ओखलढुङ्गामा पाँच जना पुरूष र एक जना महिला गरी ६ जना, सोलुखुम्बमा एक जना महिला, ताप्लेजुङमा तीन जना पुरूष र तीन जना महिला गरी चार जना, पाँचथरमा ६ जना पुरूष र दुई जना महिला गरी आठ जना र तेहृथुममा एक जना महिलामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । प्रदेश १ मा रहेका कोशी कोभिड–१९ अस्पताल,प्रदेश जनस्वास्थ्य प्रयोगशाला, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा प्रयोगशाला, मेची अस्पताल प्रयोगशाला, कोटीहोम प्रयोगशाला, नोवेल अस्पताल प्रयोगशाला, विराट अस्पताल प्रयोगशाला र न्यूरो अस्पताल प्रयोगशालामा गरिएको कोभिड–१९ को परीक्षणमा प्रदेश १ मा एक साताको अवधिमा ७ सय ४३ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
गण्डकी प्रदेश
प्रदेश सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशको कात्तिक १५ गतेको तथ्याङ्क अनुसार प्रदेशमा कुल ८७ हजार ३ सय ४९ जना कोभिड–१९ बाट सङ्क्रमित भएका छन् । हाल कास्की र नवलपरासी पूर्वमा २ सय भन्दा बढी सक्रिय सङ्क्रमित रहेका छन् भने मनाङमा सक्रिय सङ्क्रमितको सङ्ख्या शुन्य रहेको छ । गण्डकी प्रदेशमा रहेका सक्रिय सङ्क्रमित मध्ये १ हजार ३ सय ९० जना होम आइसोलेशन, ९३ जना संस्थागत आइसोलेशन र २७ जना आइसियू र दुई जना भेण्टिलेटरमा रहेका छन् । कोभिड–१९ को सङ्क्रमणबाट हालसम्म १ हजार ३ सय ९६ जनाको मृत्यु भएको छ । प्रदेश सरकार स्वास्थ्य जनसङ्ख्या मन्त्रालयको तथ्याङ्क अनुसार कात्तिक १५ गतेसम्म गण्डकी प्रदेशमा कोभिड–१९ विरुद्ध ६ लाख २२ हजार ९ सय ६७ जनाले पूर्ण खोप लगाएका छन् भने ९ लाख १० हजार ४ सय १५ जनाले खोपको पहिलो मात्रा लगाएका छन् ।
कर्णाली प्रदेश
कर्णाली प्रदेशमा ३३ हजार ८ सय ४१ जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ । कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार हालसम्म ३२ हजार २२ जना कोभिड सङ्क्रमण मुक्त भएका छन् । हाल आइसोलेशनमा ७७ जना रहेका छन् भने मृत्यु हुनेको सङ्ख्या ३ सय ८५ रहेको छ । यो हप्ता ३८ जना नयाँ सङ्क्रमित थपिएका छन । सातामा कोभिडबाट एकजनाको मृत्यु नभएको निर्देशनालयले जनाएको छ ।
सुदूरपश्चिम प्रदेश
सुदूरपश्चिम प्रदेश समाजिक विकास मन्त्रालय स्वास्थ्य निर्देशनालय राजपुर, डोटीका अनुसार सुदूरपश्चिम प्रदेशमा २०७८ कात्तिक ९ गतेदेखि २०७८ कात्तिक १५ गतेसम्म १ सय ४० जनामा सङ्क्रमण पुष्टि भएको छ । कात्तिक १५ गते मात्रै सुदूरपश्चिमका कैलालीमा पाँच, डडेल्धुरामा एक, कञ्चनपुरमा तीन र अन्य जिल्लामा दुई जना गरी ११ जनामा सङ्क्रमण पुष्टि भएको छ । यस साता तीन जना कोभिड सङ्क्रमितको मुत्यु भएसँगै यस प्रदेशमा मृत्यु हुनेको सङ्ख्या ६ सय ५ जना रहेको सुदूरपश्चिम प्रदेश समाजिक विकास मन्त्रालय स्वास्थ्य निर्देशनालय राजपुर, डोटीले जनाएको छ । कात्तिक १५ गतेसम्म १४ जना महिलासहित ३१ जना आइसोलेशनमा रहेका छन् । अघिल्लो २४ घण्टामा १० जना अस्पतालबाट डिस्चार्ज भएसँगै आइसियूमा, भेन्टीलेटर र कोभिड वार्डमा बिरामीहरु नभएको मन्त्रालयले जनाएको छ । हालसम्म ३ लाख ८७ हजार ४ सय ६३ जनाको कोभिड परीक्षण भएकोमा ४७ हजार ७ सय ५५ जनामा सङ्क्रमण पुष्टि भइसकेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार सुदूरपश्चिम प्रदेशमा कोभिशिल्ड पहिलो खोप पाउनेको सङ्ख्या २ लाख ७६ हजार ५ सय ४४ जना रहेकोमा कोभिशिल्ड दोस्रो खोप १ लाख ७४ हजार ९ सय ४ जनाले मात्रै पाएका छन् । यसैगरी भेरोसेल पहिलो खोप पाउनेको सङ्ख्या ४ लाख ८३ हजार २ सय २३ जना रहेकोमा भेरोसेल दोस्रो खोप ३ लाख ११ हजार २ सय ७ जनाले मात्रै पाएका छन् । जोन्सन एण्ड जोन्सन कम्पनीको खोप १ लाख ३९ हजार ९ सय ७९ जनालाई लगाइएको छ ।
अनलाइन डेस्क
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपित गिरफ्तार
१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा गुल्मी जिल्लाको मदाने गाउँपालिका-६, पुर्कोटदहका २१ वर्षीय सम्राट चुदारालाई प्रहरीले ०८१ मङ्सिर १८ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले मङ्सिर १७ गते…
बलात्कार गरेको कसुरमा १० वर्ष कैद सजायको फैसला
१७ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले ठाकुरबाबा नगरपालिका-५ का २१ वर्षीय निरज थारुलाई १० वर्ष कैद सजायको फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश डल्लुराम चौधरीको ०८१ मङ्सिर…
बलात्कार घटनाका आरोपित गिरफ्तार
नौ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा रौतामाई गाउँपालिका घर भई हाल त्रियुगा नगरपालिका-३ मोतिगडामा बस्दै आएका १५ बर्षीय बालकलाई प्रहरीले मङ्सिर १८ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले…
सङ्क्रमणकालीन न्याय आयुक्तहरूको छनौटमा सम्झौता नगर्न अधिकारकर्मीहरुको माग
सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका पदाधिकारी छनौट प्रक्रियालाई प्रतिस्पर्धी र गुणस्तरीय बन्न नदिन र यसलाई पुनः तेस्रो पटक समेत दलीय भागबन्डाको चक्रव्यूहमा फसाउने दुष्प्रयासका…
स्थानीय तह उपनिर्वाचन ०८१- कोशी प्रदेशमा ५ सय ४८ मत बदर
स्थानीय तह उपनिर्वाचन ०८१ मा कोशी प्रदेशमा २९ हजार ६ सय ३० मत खसेकोमा ५ सय ४८ मत बदर भएको छ । कोशी प्रदेश निर्वाचन कार्यालयका अनुसार ग्रामथान गाउँपालिकाको अध्यक्ष…