कोभिड-१९: यो साता परीक्षण गरिएकामध्ये नौ प्रतिशतमा सङ्क्रमण
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार यो एक साताको अवधिमा परीक्षण गरिएकामध्ये ८.६२ प्रतिशतमा कोभिड सङ्क्रमण पुष्टि भएको छ । यो साता प्रतिदिन सरदर १० जनाको मृत्यु भएको तथ्याङ्कले देखाउँछ । मन्त्रालयले एक सातामा ४८ हजार ३ सय १८ ओटा स्वाब परीक्षण गरिएको जनाएको छ । यो साता ४ हजार १ सय ६९ जनामा कोभिड–१९ को सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ । एक सातामा ५ हजार ६ सय १५ जना सङ्क्रमित निको भए भने ६८ जनाको मृत्यु भएको मन्त्रालयले जनायो ।
प्रदेश १
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार कात्तिक १ गतेदेखि कात्तिक ८ गतेसम्मको अवधिमा झापामा १ सय ३१ जना पुरूष र १ सय २९ जना महिला गरी २ सय ६० जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । त्यसैगरी सुनसरीमा ४८ जना पुरूष र ५७ जना महिला गरी १ सय ५ जना, मोरङमा १ सय ६८ जना पुरूष र १ सय २९ जना महिला गरी २ सय ९७ जना, सङ्खुवासभामा दुई जना पुरूष र एक जना महिला गरी तीन जना, उदयपुरमा सात जना पुरूष र पाँच जना महिला गरी १२ जना, भोजपुरमा दुई जना पुरूष, धनकुटामा एक जना पुरूष, इलाममा सात जना पुरूष र ६ जना महिला गरी १३ जना, खोटाङमा तीन जना पुरूष र दुई जना महिला गरी पाँच जना, ओखलढुङ्गामा सात जना पुरूष र पाँच जना महिला गरी १२ जना, सोलुखुम्बमा तीन जना पुरूष र एक जना महिला गरी चार जना, ताप्लेजुङमा तीन जना पुरूष एक जना महिला गरी चार जना र पाँचथरमा तीन जना पुरूष र एक जना महिला गरी चार जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । प्रदेश १ मा रहेका कोशी कोभिड–१९ अस्पताल,प्रदेश जनस्वास्थ्य प्रयोगशाला, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा प्रयोगशाला, मेची अस्पताल प्रयोगशाला, कोटीहोम प्रयोगशाला, नोवेल अस्पताल प्रयोगशाला, विराट अस्पताल प्रयोगशाला र न्यूरो अस्पताल प्रयोगशालामा गरिएको कोभिड–१९ को परीक्षणमा प्रदेश १ मा एक साताको अवधिमा ७ सय २७ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
बागमती प्रदेश
यस प्रदेशमा कात्तिक ८ गते कोभिड–१९ सङ्क्रमितको सङ्ख्या जम्मा ४ लाख ४४ हजार ६ सय १३ जना पुगेको छ । अघिल्ला हप्ता ४ लाख ४२ हजार ५ सय ७१ जना कोभिड–१९ का सङ्क्रमित रहेका थिए । यो हप्ता २ हजार ४२ जना बढीले कोभिड–१९ का सङ्क्रमित थप भएका हुन् । यस प्रदेशका कूल सङ्क्रमितमध्ये ४ लाख ४३ हजार ५ सय ९० जना उपचारपछि निको भइसकेका छन् भने विभिन्न अस्पतालका आइसोलेशन तथा होम आइसोलेशनमा ७ हजार ५ चार सय २ जना उपचाररत रहेका छन् । अघिल्लो हप्ता सक्रिय सङ्क्रमतिको सङ्ख्या ७ हजार ७ सय १६ जना रहेकोमा यो हप्ता २ सय १४ जना कम गई ७ हजार ५ सय २ जनामा झरेको हो ।
यस प्रदेशमा कात्तिक ८ गतेसम्म मृत्यु हुनेको सङ्ख्या भने ४ हजार ५ सय २१ जना पुगेको छ । यो अघिल्लो हप्ता भन्दा १९ जनाले बढी हो । यस प्रदेशमा कोभिड–१९ बाट मृत्यु हुनेको दर १.०२ प्रतिशत रहेको छ । यस प्रदेशमा कोभिड–१९ सङ्क्रमण पुष्टि भएका मध्येमा अघिल्लो हप्ता ९७.२४ प्रतिशतको हाराहारीमा निको हुनेको सङ्ख्या रहेकोमा कात्तिक ८ गते आइपुग्दा यो सङ्ख्या ९७.३० प्रतिशत रहेको छ । यस प्रदेशमा कात्तिक ८ गतेसम्म कोभिड–१९ विरुद्ध दुवै मात्राको खोप लगाएकाको सङ्ख्या २४ लाख ५ हजार ५ सय अर्थात ५६ प्रतिशतले लगाइसकेका छन् । यसैगरी कुनै एक मात्र खोप लगाउनेको सङ्ख्या ८ लाख ४ हजार ८ सय ११ जना अर्थात १९ प्रतिशतले प्राप्त गरिसकेका छन् । कुनै पनि खोप नलगाएका १८ वर्षमाथिकाको सङ्ख्या १० लाख ७२ हजार ९ सय ३३ जना अर्थात २५ प्रतिशत रहेको छ ।
गण्डकी प्रदेश
प्रदेश सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशको कात्तिक ८ गतेको तथ्याङ्क अनुसार प्रदेशमा कुल ८७ हजार ७ जना कोभिड–१९ बाट सङ्क्रमित भएका छन् । हाल कास्कीमा ५ सयभन्दा बढी सक्रिय सङ्क्रमित रहेका छन् भने नवलपरासी पूर्वमा २ सयभन्दा बढी सक्रिय सङ्क्रमित रहेका छन् । गण्डकी प्रदेशमा रहेका सक्रिय सङ्क्रमितमध्ये १ हजार ५ सय ८१ जना होम आइसोलेशन, ६२ जना संस्थागत आइसोलेशन र २१ जना आइसियूमा रहेका छन् । गत २४ घण्टामा प्रदेशमा कोभिड–१९ को सङ्क्रमणबाट एक जनाको मृत्यु भएको छ । योसँगै प्रदेशमा कोभिड–१९ को सङ्क्रमणबाट १ हजार ३ सय ९० जनाको मृत्यु भएको छ । प्रदेश सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्क अनुसार कात्तिक ८ गतेसम्म गण्डकी प्रदेशमा कोभिड–१९ विरुद्ध ६ लाख २२ हजार ९ सय ६७ जनाले पूर्ण खोप लगाएका छन् भने ९ लाख १० हजार ४ सय १५ जनाले खोपको पहिलो मात्रा लगाएका छन् ।
लुम्बिनी प्रदेश
लुम्बिनी प्रदेशमा यस साता ४ सय ८३ जना कोभिड सङ्क्रमित भए । जसमध्ये २ सय ४३ जना पुरुष र २ सय ४० जना महिला रहेका छन् । यो साता रुपन्देहीमा सबै भन्दा बढी २ सय ७९ रहेका छन् भने रोल्पामा सङ्क्रमितको सङ्ख्या शुन्य रहेको छ । यसैगरी, अर्घाखाँचीमा २१, बाँकेमा ३१, बर्दियामा १६, दाङमा ३८, गुल्मीमा २१, कपिलवस्तुमा २१, पाल्पामा २७, प्यूठानमा ११, रुकुम पुर्वमा एक, नवलपरासी पश्चिममा १७ जना सङ्क्रमित रहेका छन् । लुम्बिनी प्रदेशमा २ सय भन्दा बढी सक्रिय सङ्क्रमित रुपन्देही र बाँकेमा रहेका छन् । होम आइसोलेशनमा १ हजार ३ सय ९७, संस्थागत आइसोलेशनमा १ सय ५३, आइसियुमा ३७, भेण्टीलेटरमा चार जना सङ्क्रमितको उपचार भइरहेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार लुम्बिनी प्रदेशमा १ हजार ७ सय ९६ जनाको कोभिडबाट मृत्यु भइसकेको छ ।
कर्णाली प्रदेश
कर्णाली प्रदेशमा ३३ हजार ८ सय ३ जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ । कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार हालसम्म ३१ हजार ९ सय ८७ जना सङ्क्रमण मुक्त भएका छन् । हाल आइसोलेशनमा ४६ जना रहेका छन् भने मृत्यु हुनेको सङ्ख्या ३ सय ८४ पुगेको छ । यो साता २९ जना नयाँ सङ्क्रमित थपिएका छन् ।
सुदूरपश्चिम प्रदेश
सुदूरपश्चिम प्रदेश समाजिक विकास मन्त्रालय स्वास्थ्य निर्देशनालय राजपुर, डोटीका अनुसार सुदूरपश्चिम प्रदेशमा २०७८ कात्तिक २ गतेदेखि २०७८ कात्तिक ८ गतेसम्म १ सय २५ जनामा सङ्क्रमण पुष्टि भएको छ । यो साता दुई जना कोभिड सङ्क्रमितको मुत्यु भएसँगै यस प्रदेशमा मृत्यु हुनेको सङ्ख्या ६ सय २ जना पुगेको सुदूरपश्चिम प्रदेश समाजिक विकास मन्त्रालय स्वास्थ्य निर्देशनालय राजपुर, डोटीले जनाएको छ । कात्तिक ८ गतेसम्म दुई जना महिलासहित १८ जना आइसोलेशनमा रहेका छन् । अघिल्लो २४ घण्टासम्म आइसियुमा सात जाना, भेन्टीलेटरमा तीन जना र कोभिड वर्डमा दुई जनाको उपचार भइरहेको मन्त्रालयले जनाएको छ । हालसम्म ३ लाख ७९ हजार ३ जनाको कोभिड परीक्षण भएकोमा ४७ हजार ६ सय १५ जनामा सङ्क्रमण पुष्टि भइसकेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार सुदूरपश्चिम प्रदेशमा कोभिशिल्ड पहिलो खोप पाउनेको सङ्ख्या २ लाख ७६ हजार ५ सय ४० जना रहेकोमा कोभिशिल्ड दोस्रो खोप १ लाख ६६ हजार ३ सय ७० जनाले मात्रै पाएका छन् । यसैगरी भेरोसेल पहिलो खोप पाउनेको सङ्ख्या ४ लाख ८१ हजार ८ सय ८७ जना रहेकोमा भेरोसेल दोस्रो खोप २ लाख २४ हजार ८ सय ८५ जनाले मात्रै पाएका छन् । जोन्सन एण्ड जोन्सन कम्पनीको खोप १ लाख ३९ हजार ९ सय ७९ जनालाई लगाइएको छ । अघिल्लो २४ घण्टामा कोभिशिल्ड पहिलो खोप २ हजार ८ सय ९९ जनाले र दास्रो खोप १ हजार ६ सय ३८ जनाले, भेरोसेल पहिलो खोप ११ हजार ५ सय ६२ जनाले र दोस्रो खोप ३६ हजार ८ सय ९२ जनाले र जोन्सन एण्ड जोन्सन कम्पनीको खोप ४ हजार ६ सय १९ जनाले पाएको मन्त्रालयले जनाएको छ ।
अनलाइन डेस्क
सम्बन्धित समाचारहरू
बागमती प्रदेशको नीति तथा कार्यक्रम सार्वजनिकः एक माध्यमिक विद्यालय, एक नर्स
बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै 'एक माध्यमिक विद्यालय, एक नर्स' कार्यक्रमलाई विस्तार गर्ने भएको छ । प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८०/८१…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा गजुरी गाउँपालिका-५ का २० वर्षीय दिनेश भुजेललाई प्रहरीले ०८० जेठ १४ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले वैशाख २७ गते विवाह गर्ने…
प्रहरीको कुटपिटबाट तीनजना प्रदर्शनकारी घाइते
सुर्खेतको वीरेन्द्रनगरमा जेठ १४ गते प्रहरीको कुटपिट र लाठी प्रहारबाट तीनजना प्रदर्शनकारी घाइते भएका छन् । घाइते हुनेमा हुम्लाको ताजाकोट गाउँपालिका–३ का ३२ वर्षीय टिका शाही, सोही गाउँपालिका–४ डल्लाबाडाका ३७ वर्षीया…
कर्णाली प्रदेश सभाका विषयगत समितिहरूमा सभापति चयन
कर्णाली प्रदेश सभामा रहेका सबै विषयगत समितिहरूको सभापति चयन गरिएको छ । जेठ १४ गते भएको समितिका सभापतिको निर्वाचनमा सबै समितिका सभापति निर्विरोध चयन भएका हुन् । कर्णाली प्रदेश सभामा चार…
अपाङ्गता भएका व्यक्तिलाई घरमै पुगेर नेपाली नागरिकताको प्रमाणपत्र प्रदान
अन्नपुर्ण गाउँपालिका–८ राम्चेका शारीरिक रूपमा अपाङ्गता भएका भविन्द्रलाई जिल्ला प्रशासन कार्यालय म्याग्दीकी सहायक प्रमुख जिल्ला अधिकारी प्रतिज्ञा सुवेदीले घरमै पुगेर जेठ १३ गते नेपाली नागरिकताको प्रमाणपत्र हस्तान्तरण गर्नुभएको हाे ।…