कोभिड-१९: यो साता परीक्षण गरिएकामध्ये आठ प्रतिशतमा सङ्क्रमण

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार यो एक साताको अवधिमा परीक्षण गरिएकामध्ये ८.३५ प्रतिशतमा कोभिड सङ्क्रमण पुष्टि भएको छ । यो साता प्रतिदिन सरदर सात जनाको मृत्यु भएको तथ्याङ्कले देखाउँछ । मन्त्रालयले एक सातामा ३२ हजार ३ सय ७ ओटा स्वाब परीक्षण गरिएको जनाएको छ । यो साता २ हजार ६ सय ९९ जनामा कोभिड–१९ को सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ । एक सातामा ५ हजार ५ सय ६२ जना सङ्क्रमित निको भए भने ५० जनाको मृत्यु भएको मन्त्रालयले जनायो ।

coviddata20211019

प्रदेश १

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ०७८ असोज २५ गतेदेखि कात्तिक १ गतेसम्मको अवधिमा झापामा १ सय ४३ जना पुरूष र १ सय २४ जना महिला गरी २ सय ६७ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । त्यसैगरी सुनसरीमा ७८ जना पुरूष र ६७ जना महिला गरी १ सय ४५ जना, मोरङमा १ सय ३७ जना पुरूष र १ सय २५ जना महिला गरी २ सय ६२ जना, सङ्खुवासभामा दुई जना पुरूष, उदयपुरमा नौ जना पुरूष र ६ जना महिला गरी १५ जना, भोजपुरमा दुई जना पुरूष, धनकुटामा तीन जना पुरूष र एक जना महिला गरी चार जना, इलाममा १४ जना पुरूष र सात जना महिला गरी २१ जना, खोटाङमा एक जना पुरूष र दुई जना महिला गरी तीन जना, ओखलढुङ्गामा एक जना पुरूष र दुई जना महिला गरी तीन जना, सोलुखुम्बमा पाँच जना पुरूष र एक जना महिला गरी ६ जना, ताप्लेजुङमा दुई जना पुरूष र तेहृथुममा तीन जना पुरूष र तीन जना महिला गरी ६ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । पाँचथरमा सो साता कोभिड–१९ सङ्क्रमित नभएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । प्रदेश १ मा रहेका कोशी कोभिड–१९ अस्पताल,प्रदेश जनस्वास्थ्य प्रयोगशाला, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा प्रयोगशाला, मेची अस्पताल प्रयोगशाला, कोटीहोम प्रयोगशाला, नोवेल अस्पताल प्रयोगशाला, विराट अस्पताल प्रयोगशाला र न्यूरो अस्पताल प्रयोगशालामा गरिएको कोभिड–१९ को परीक्षणमा प्रदेश १ मा एक साताको अवधिमा ७ सय ३८ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

गण्डकी प्रदेश

प्रदेश सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशको कात्तिक १ गतेको तथ्याङ्क अनुसार प्रदेशमा कुल ८६ हजार ५ सय ९४ जना कोभिड–१९ बाट सङ्क्रमित भएका छन् । हाल कास्कीमा ५ सय भन्दा बढी सक्रिय सङ्क्रमित रहेका छन् भने नवलपरासी पूर्व, बागलुङ र स्याङ्जामा २ सय भन्दा बढी सक्रिय सङ्क्रमित रहेका छन् । गण्डकी प्रदेशमा रहेका सक्रिय सङ्क्रमित मध्ये १ हजार ९ सय ७० जना होम आइसोलेशन, १ सय ७३ जना संस्थागत आइसोलेशन, ३१ जना आइसियू र दुई जना भेण्टीलेटरमा रहेका छन् । गत २४ घण्टामा प्रदेशमा कोभिड–१९ को सङ्क्रमणबाट पाँच जनाको मृत्यु भएको छ । योसँगै प्रदेशमा कोभिड–१९ को सङ्क्रमणबाट कुल १ हजार ३ सय ८३ जनाको मृत्यु भएको छ । प्रदेश सरकार स्वास्थ्य जनसङ्ख्या मन्त्रालयको तथ्याङ्क अनुसार कात्तिक १ गतेसम्म गण्डकी प्रदेशमा कोभिड–१९ विरुद्ध ६ लाख ८ हजार ८ सय २९ जनाले पूर्ण खोप लगाएका छन् भने ७ लाख ८९ हजार २ सय जनाले खोपको पहिलो मात्रा लगाएका छन् ।

कर्णाली प्रदेश

कर्णाली प्रदेशमा ३३ हजार ७ सय ५६ जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ । कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार हालसम्म ३१ हजार ८ सय ७३ जना कोभिडलाई जितेर घर फर्किएका छन् । हाल आइसोलेशनमा १ सय ५४ जना रहेका छन् भने मृत्यु हुनेको सङ्ख्या ३ सय ८४ रहेको छ । यो हप्ता २६ जना नयाँ सङ्क्रमित थपिएका छन । सातामा कोभिडबाट एक जनाको मृत्यु भएको  निर्देशनालयको तथ्याङ्क छ ।

सुदूरपश्चिम प्रदेश

सुदूरपश्चिम प्रदेश समाजिक विकास मन्त्रालय स्वास्थ्य निर्देशनालय राजपुर, डोटीका अनुसार सुदूरपश्चिम प्रदेशमा ०७८ असोज २६ गतेदेखि ०७८ कात्तिक १ गतेसम्म २२ जनामा सङ्क्रमण पुष्टि भएको छ । कात्तिक १ गते मात्रै सुदूरपश्चिमका कैलालीमा दुई र कञ्चनपुरमा आठ जना गरी १० जनामा सङ्क्रमण पुष्टि भएको छ । यस साता दुई जना कोभिड सङ्क्रमितको मुत्यु भएसँगै यस प्रदेशमा मृत्यु हुनेको सङ्ख्या ६ सय जना रहेको सुदूरपश्चिम प्रदेश समाजिक विकास मन्त्रालय स्वास्थ्य निर्देशनालय राजपुर, डोटीले जनाएको छ । कात्तिक १ गतेसम्म चार जना महिलासहित १९ जना आइसोलेशनमा रहेका छन् । अघिल्लो २४ घण्टामा २५ जना निको भएर घर फर्किए छन् भने आइसियुमा ६ जाना, भेन्टीलेटरमा पाँच जना र कोभिड वर्डमा एक जनाको उपचार भइरहेको मन्त्रालयले जनाएको छ । हालसम्म ३ लाख ७४ हजार २ सय ८६ जनाको कोभिड परीक्षण भएकोमा ४७ हजार ४ सय ९० जनामा सङ्क्रमण पुष्टि भइसकेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार सुदूरपश्चिम प्रदेशमा कोभिशिल्ड पहिलो खोप पाउनेको सङ्ख्या २ लाख ७२ हजार ७ सय ६३ जना रहेकोमा कोभिशिल्ड दोस्रो खोप १ लाख ६६ हजार ३ सय ७० जनाले मात्रै पाएका छन् । यसैगरी भेरोसेल पहिलो खोप पाउनेको सङ्ख्या ४ लाख ६९ हजार ९ सय ३२ जना रहेकोमा भेरोसेल दोस्रो खोप २ लाख २२ हजार १ सय ७७ जनाले मात्रै पाएका छन् । जोन्सन एण्ड जोन्सन कम्पनीको खोप १ लाख ३९ हजार ९ सय ७९  जनालाई लगाइएको छ । अघिल्लो २४ घण्टामा कोभिशिल्ड पहिलो खोप १३ हजार ६ सय ४४ जनाले र दास्रो खोप १ हजार ३६ जनाले पाएका छन् भने भेरोसेल पहिलो खोप १ हजार ३ सय २१ जनाले पाएको मन्त्रालयले जनाएको छ ।


अनलाइन डेस्क