कोभिड-१९: यो साता परीक्षण गरिएकामध्ये आठ प्रतिशतमा सङ्क्रमण
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार यो एक साताको अवधिमा परीक्षण गरिएकामध्ये ७.८१ प्रतिशतमा कोभिड सङ्क्रमण पुष्टि भएको छ । यो साता प्रतिदिन सरदर १० जनाको मृत्यु भएको तथ्याङ्कले देखाउँछ । मन्त्रालयले एक सातामा ६२ हजार १ सय १५ ओटा स्वाब परीक्षण गरिएको जनाएको छ । यो साता ४ हजार ८ सय ५७ जनामा कोभिड–१९ को सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ । एक सातामा ६ हजार ६ सय ७ जना सङ्क्रमित निको भए भने ६९ जनाको मृत्यु भएको मन्त्रालयले जनायो ।
गण्डकी प्रदेश
प्रदेश सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशको असोज २५ गतेको तथ्याङ्क अनुसार प्रदेशमा कुल ८६ हजार ५ सय १४ जना कोभिड–१९ बाट सङ्क्रमित भएका छन् । हाल कास्कीमा ५ सय भन्दा बढी सक्रिय सङ्क्रमित रहेका छन् भने नवलपरासी पूर्व, तनहुँ, बागलुङ र स्याङजामा २ सय भन्दा बढी सक्रिय सङ्क्रमित रहेका छन् । गण्डकी प्रदेशमा रहेका सक्रिय सङ्क्रमित मध्ये २ हजार ४ सय ५३ जना होम आइसोलेशन, १ सय ५५ जना संस्थागत आइसोलेशन, ३३ जना आइसियू र दुई जना भेण्टीलेटरमा रहेका छन् । गत २४ घण्टामा प्रदेशमा कोभिड–१९ को सङ्क्रमणबाट पाँच जनाको मृत्यु भएको छ । योसँगै प्रदेशमा कोभिड–१९ को सङ्क्रमणबाट कुल १ हजार ३ सय ७८ जनाको मृत्यु भएको छ । प्रदेश सरकार स्वास्थ्य जनसङ्ख्या मन्त्रालयको तथ्याङ्क अनुसार असोज १८ गतेसम्म गण्डकी प्रदेशमा कोभिड–१९ विरुद्ध ६ लाख ८ हजार ८ सय २९ जनाले पूर्ण खोप लगाएका छन् भने ७ लाख ८८ हजार ६ सय ४५ जनाले खोपको पहिलो मात्रा लगाएका छन् ।
अनलाइन डेस्क
सम्बन्धित समाचारहरू
बागमती प्रदेशको नीति तथा कार्यक्रम सार्वजनिकः एक माध्यमिक विद्यालय, एक नर्स
बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै 'एक माध्यमिक विद्यालय, एक नर्स' कार्यक्रमलाई विस्तार गर्ने भएको छ । प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८०/८१…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा गजुरी गाउँपालिका-५ का २० वर्षीय दिनेश भुजेललाई प्रहरीले ०८० जेठ १४ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले वैशाख २७ गते विवाह गर्ने…
प्रहरीको कुटपिटबाट तीनजना प्रदर्शनकारी घाइते
सुर्खेतको वीरेन्द्रनगरमा जेठ १४ गते प्रहरीको कुटपिट र लाठी प्रहारबाट तीनजना प्रदर्शनकारी घाइते भएका छन् । घाइते हुनेमा हुम्लाको ताजाकोट गाउँपालिका–३ का ३२ वर्षीय टिका शाही, सोही गाउँपालिका–४ डल्लाबाडाका ३७ वर्षीया…
कर्णाली प्रदेश सभाका विषयगत समितिहरूमा सभापति चयन
कर्णाली प्रदेश सभामा रहेका सबै विषयगत समितिहरूको सभापति चयन गरिएको छ । जेठ १४ गते भएको समितिका सभापतिको निर्वाचनमा सबै समितिका सभापति निर्विरोध चयन भएका हुन् । कर्णाली प्रदेश सभामा चार…
अपाङ्गता भएका व्यक्तिलाई घरमै पुगेर नेपाली नागरिकताको प्रमाणपत्र प्रदान
अन्नपुर्ण गाउँपालिका–८ राम्चेका शारीरिक रूपमा अपाङ्गता भएका भविन्द्रलाई जिल्ला प्रशासन कार्यालय म्याग्दीकी सहायक प्रमुख जिल्ला अधिकारी प्रतिज्ञा सुवेदीले घरमै पुगेर जेठ १३ गते नेपाली नागरिकताको प्रमाणपत्र हस्तान्तरण गर्नुभएको हाे ।…