कोभिड-१९: यो साता परीक्षण गरिएकामध्ये ६ प्रतिशतमा सङ्क्रमण
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार यो एक साताको अवधिमा परीक्षण गरिएकामध्ये दुई प्रतिशतमा कोभिड सङ्क्रमण पुष्टि भएको छ । यो साता १२ जना केभिड सङ्क्रमितको मृत्यु भएको तथ्याङ्कले देखाउँछ । एक सातामा ३३ हजार १ सय ६७ ओटा स्वाब परीक्षण गरिएको मन्त्रालयले जनाएको छ । यो साता ६ सय ३५ जनामा कोभिड–१९ को सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ । एक सातामा २ हजार ६ सय ९४ जना सङ्क्रमित निको भए ।
प्रदेश १
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ०७८ फागुन १७ गतेदेखि फागुन २४ गतेसम्मको अवधिमा झापामा तीन जना पुरूष र १७ जना महिला गरी २० जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । त्यसैगरी सुनसरीमा सात जना पुरूष र १५ जना महिला गरी २२ जना, मोरङमा १७ जना पुरूष र १४ जना महिला गरी ३१ जना, उदयपुरमा तीन जना पुरूष र एक जना महिला गरी चार जना, भोजपुरमा तीन जना पुरूष, धनकुटामा तीन जना पुरूष र दुई जना महिला गरी पाँच जना, खोटाङमा चार जना पुरूष र दुई जना महिला गरी ६ जना, पाँचथरमा चार जना पुरूष र एक जना महिला गरी पाँच जना, ताप्लेजुङमा दुई जना महिला, इलाममा चार जना पुरूष र एक जना महिला गरी पाँच जना, ओखलढुङ्गामा दुई जना पुरूष र एक जना महिला गरी तीन जना, सङ्खुवासभामा दुई जना पुरूष, सोलखुम्बुमा चार जना पुरूष र तेहृथुममा एक जना महिलामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । प्रदेश १ मा रहेका कोशी कोभिड–१९ अस्पताल, प्रदेश जनस्वास्थ्य प्रयोगशाला, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा प्रयोगशाला, मेची अस्पताल प्रयोगशाला, कोटीहोम प्रयोगशाला, नोवेल अस्पताल प्रयोगशाला, विराट अस्पताल प्रयोगशाला र न्यूरो अस्पताल प्रयोगशालामा गरिएको कोभिड–१९ को परीक्षणमा प्रदेश १ मा एक साताको अवधिमा १ सय १३ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
अनलाइन डेस्क
सम्बन्धित समाचारहरू
बलात्कार अभियोगीलाई १८ वर्ष कैद
१३ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा तिलाठी कोइलाडी गाउँपालिका–८ सडेपारका २२ वर्षीय ट्रक चालक रंगिला तथा लडुलाल भनिने विसुनदेव मण्डललाई ०७९ माघ १८ गते १८ वर्ष कैद सजाय भएको छ…
बलात्कार घटनाका आरोपित गिरफ्तार
२० वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा अदानचुली गाँउपालिका–३ घर भई हाल सूर्यबिनायक नगरपालिका–९ मिलनचोक बस्ने १९ वर्षीय गगन परियारलाई प्रहरीले ०७९ माघ १९ गते भक्तपुरको जगातीबाट गिरफ्तार गरेको छ ।…
बालविवाह गरेको कसुरमा ६ महिना कैद सजायको फैसला
१५ वर्षीया बालिकासँग ०७९ असार १७ गते बालविवाह गरेको कसुरमा माडी नगरपालिका-२ का १७ वर्षीय बालकलाई जिल्ला अदालत चितवनका न्यायाधीश रितेन्द्र थापाको इजलासले माघ १७ गते ६ महिना कैद हुने…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१५ वर्षीया बालिकालाई ०७९ माघ १८ गते बलात्कार गरेको आरोपमा मुगु सोरु गाँउपालिका घर भई हाल सूर्यबिनायक नगरपालिका–९ पलासे बस्ने २१ वर्षीय भक्त नेपालीलाई प्रहरीले ०७९ माघ १९ गते भक्तपुर बाँसघारीबाट गिरफ्तार गरेको…
बलात्कार घटनाका आरोपितहरू गिरफ्तार
१८ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा नरहा गाउपालिका–४ का २९ वर्षीय देवरंजन सदा, २६ वर्षीय रामगेन सदा र २१ वर्षीय रामकिसुन सदालाई जिल्ला प्रहरी कार्यालय सिरहाले माघ १६ गते…