कोभिड-१९: यो साता परीक्षण गरिएकामध्ये ६ प्रतिशतमा सङ्क्रमण
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार यो एक साताको अवधिमा परीक्षण गरिएकामध्ये ६ प्रतिशतमा कोभिड सङ्क्रमण पुष्टि भएको छ । यो साता २५ जना केभिड सङ्क्रमितको मृत्यु भएको तथ्याङ्कले देखाउँछ । एक सातामा ३८ हजार ५ सय ३४ ओटा स्वाब परीक्षण गरिएको मन्त्रालयले जनाएको छ । यो साता २ हजार २ सय ६५ जनामा कोभिड–१९ को सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ । एक सातामा ११ हजार १ सय ३ जना सङ्क्रमित निको भए ।
प्रदेश १
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ०७८ फागुन २ गतेदेखि फागुन ९ गतेसम्मको अवधिमा झापामा ६६ जना पुरूष र ४९ जना महिला गरी १ सय १५ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । त्यसैगरी सुनसरीमा ३६ जना पुरूष र ४० जना महिला गरी ७६ जना, मोरङमा ६७ जना पुरूष र ७९ जना महिला गरी १ सय ४६ जना, उदयपुरमा नौ जना पुरूष र चार जना महिला गरी १३ जना, भोजपुरमा आठ जना पुरूष र १० जना महिला गरी १८ जना, धनकुटामा आठ जना पुरूष र तीन जना महिला गरी ११ जना, खोटाङमा ११ जना पुरूष र तीन जना महिला गरी १४ जना, पाँचथरमा १० जना पुरूष र आठ जना महिला गरी १८ जना, ताप्लेजुङमा तीन जना पुरूष र तीन जना महिला गरी ६ जना, इलाममा १० जना पुरूष र तीन जना महिला गरी १३ जना, ओखलढुङ्गामा पाँच जना पुरूष र ६ जना महिला गरी ११ जना, सोलुखुम्बुमा सात जना पुरूष र एक जना महिला गरी आठ जना, सङ्खुवासभामा पाँच जना पुरूष र तीन जना महिला गरी आठ जना र तेहृथुममा ६ जना पुरूष र सात जना महिला गरी १३ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । प्रदेश १ मा रहेका कोशी कोभिड–१९ अस्पताल, प्रदेश जनस्वास्थ्य प्रयोगशाला, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा प्रयोगशाला, मेची अस्पताल प्रयोगशाला, कोटीहोम प्रयोगशाला, नोवेल अस्पताल प्रयोगशाला, विराट अस्पताल प्रयोगशाला र न्यूरो अस्पताल प्रयोगशालामा गरिएको कोभिड–१९ को परीक्षणमा प्रदेश १ मा एक साताको अवधिमा ४ हजार ७० जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
गण्डकी प्रदेश
प्रदेश सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशको फागुन ९ गतेको तथ्याङ्क अनुसार प्रदेशमा कुल १ लाख १ हजार ७ सय ४५ जना कोभिड–१९ बाट सङ्क्रमित भएका छन् । हाल कास्कीमा ५ सय भन्दा बढी सक्रिय सङ्क्रमित रहेका छन् । गण्डकी प्रदेशमा रहेका सक्रिय सङ्क्रमित मध्ये ८ सय ९१ जना होम आइसोलेशन, १२ जना संस्थागत आइसोलेशन र चार जना आइसियूमा रहेका छन् । प्रदेशमा कोभिड–१९ को सङ्क्रमणबाट कुल १ हजार ४ सय ६४ जनाको मृत्यु भएको छ । प्रदेश सरकार स्वास्थ्य जनसङ्ख्या मन्त्रालयको तथ्याङ्क अनुसार फागुन ९ गतेसम्म गण्डकी प्रदेशमा १८ वर्ष माथिका उमेर समुहले कोभिड–१९ विरुद्ध १ सय ३ प्रतिशतले खोपको पहिलो मात्रा लगाएका छन् भने १ सय प्रतिशतले खोपको पूर्ण मात्रा लगाएका छन् । त्यस्तै १२ देखि १७ वर्षसम्मका उमेर समूहमा ५७ प्रतिशतले खोपको पूर्ण मात्रा लगाएका छन् भने ९१ प्रतिशतले खोपको पहिलो मात्रा लगाएका छन् । प्रदेश भर कुल ६ प्रतिशतले खोपको थप मात्रा (बुस्टर) लगाएका छन् ।
अनलाइन डेस्क
सम्बन्धित समाचारहरू
न्याय माग्दै २० वर्ष बित्यो, आरोपितको समेत पहिचान भएन
सशस्त्र द्वन्द्वको क्रममा माओवादी कार्यकर्ताबाट मारिएका कृष्णप्रसाद अधिकारीको परिवारले २० वर्षदेखि अनसनसमेत विभिन्न अभियान र आन्दोलनमार्फत खोजेको न्याय अझै पाउन सकेको छैन । कृष्णका बुबा नन्दप्रसादको ३३४ दिन अनसन बसेर…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
१२ र १४ वर्षीया दुई जना बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले दुई जना बालकसहित पाँच जनालाई जेठ २२ गते गिरफ्तार गरेको छ । गिरफ्तार हुनेहरूमा गढवा गाउँपालिका–६ का १८…
सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकमा संशोधन दर्ता
प्रतिनिधिसभामा दर्ता भएको बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (टिआरसी तेस्रो संशोधन) विधेयक, २०७९ मा २८ ओटा संशोधन प्रस्ताव दर्ता भएको छ । टीआरसी विधेयक कानुन, न्याय…
सर्वोच्च अदालतद्वारा रेशम चौधरीको आममाफीविरूद्धको मुद्दामा कारण देखाउ आदेश जारी
सर्वोच्च अदालतले टिकापुर घटनामा दोषी ठहर भएका रेशम चौधरीलाई आममाफी दिने राष्ट्रपति रामचन्द्र पौडेलको निर्णयविरूद्ध परेको रिटमा सरकारलाई कारण देखाउ आदेश जारी गरेको छ । टिकापुरमा भएको थरुहट आन्दोलनका क्रममा…
बलात्कार गरेको कसुरमा सात वर्ष कैद सजायको फैसला
४८ वर्षीया भाउजुलाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले ४० वर्षीय एक देवरलाई सात वर्ष कैद सजायको फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश नवराज दुलालको ०८० जेठ २३ गतेको इजलासले…