कोभिड-१९: यो साता परीक्षण गरिएकामध्ये ४९ प्रतिशतमा सङ्क्रमण
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार यो एक साताको अवधिमा परीक्षण गरिएकामध्ये ४९ प्रतिशतमा कोभिड सङ्क्रमण पुष्टि भएको छ । यो साता ३६ जना केभिड सङ्क्रमितको मृत्यु भएको तथ्याङ्कले देखाउँछ । एक सातामा १ लाख २० हजार ६८ ओटा स्वाब परीक्षण गरिएको मन्त्रालयले जनाएको छ । यो साता ५८ हजार ९ सय ६३ जनामा कोभिड–१९ को सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ । एक सातामा ७ हजार २ सय ५४ जना सङ्क्रमित निको भए । यो साता कोभिड सङ्क्रमणको ग्राफ निकै उकालो लागेको छ । जसका कारण सरकार र सरकारी निकायले शतर्कताका लागि नागरिकलाई आह्वान गरेका छन् । यो साता मात्रै काठमाडौँ उपत्यकामा ३७ हजार ९ सय ४५ जना सङ्क्रमित थपिए ।
प्रदेश १
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ०७८ माघ ३ गतेदेखि माघ १० गतेसम्मको अवधिमा झापामा ७ सय २८ जना पुरूष र ५ सय ५४ जना महिला गरी १ हजार २ सय ८२ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । त्यसैगरी सुनसरीमा ९ सय १० जना पुरूष र ९ सय छ जना महिला गरी १ हजार ८ सय १६ जना, मोरङमा १ हजार ४ सय ४२ जना पुरूष र १ हजार १ सय ६८ जना महिला गरी २ हजार ६ सय १० जना, उदयपुरमा ८० जना पुरूष र ३७ जना महिला गरी १ सय १७ जना, भोजपुरमा ६२ जना पुरूष र २२ जना महिला गरी ८४ जना, धनकुटामा ६९ जना पुरूष र ३९ जना महिला गरी १ सय ८ जना, खोटाङमा ७६ जना पुरूष र २३ जना महिला गरी ९९ जना, पाँचथरमा २२ जना पुरूष र १५ जना महिला गरी ३७, ताप्लेजुङमा १५ जना पुरूष र २० जना महिला गरी ३५ जना, इलाममा ५० जना पुरूष र २६ जना महिला गरी ७६ जना, ओखलढुङ्गामा ६० जना पुरूष र २८ जना महिला गरी ८८ जना, सोलुखुम्बुमा ३५ जना पुरूष र १८ जना महिला गरी ५३ जना, सङ्खुवासभामा ३२ जना पुरूष र १८ जना महिला गरी ५० जना र तेहृथुममा ३१ जना पुरूष र सात जना महिला गरी सात जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । प्रदेश १ मा रहेका कोशी कोभिड–१९ अस्पताल,प्रदेश जनस्वास्थ्य प्रयोगशाला, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा प्रयोगशाला, मेची अस्पताल प्रयोगशाला, कोटीहोम प्रयोगशाला, नोवेल अस्पताल प्रयोगशाला, विराट अस्पताल प्रयोगशाला र न्यूरो अस्पताल प्रयोगशालामा गरिएको कोभिड–१९ को परीक्षणमा प्रदेश १ मा एक साताको अवधिमा ६ हजार ५ सय ५३ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
मधेश प्रदेश
एक हप्ताको अवधिमा मधेश प्रदेश अन्तर्गतका आठ जिल्ला मध्ये सप्तरीमा ७५ र ६० वर्षीय दुई महिला, बारामा २० वर्षीय महिला र ५० वर्षीय पुरुष, सिराहामा ८० वर्षीय पुरुष र धनुषामा ४८ वर्षीय महिला गरी ६ जनाको कोभिड–१९ को सङ्क्रमणबाट मृत्यु भएको मधेश प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । यस अवधिमा मधेश प्रदेशमा १ हजार ८ सय ७० जनाको पिसिआर परीक्षण गर्दा २ सय ६३ महिला र ६ सय ३६ पुरुष गरी ८ सय ९९ जनामा कोभिड—१९ सङ्क्रमण पुष्टि भएको मधेश प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । जसमध्ये धनुषामा २ सय ३९, पर्सामा १ सय ४९, सप्तरीमा १ सय ३८, सिरहामा १ सय १६, बारामा ९३, महोत्तरीमा ७८, सर्लाहीमा ४८ र रौतहटमा ३८ जनामा कोभिड—१९ सङ्क्रमण पुष्टि भएको हो । यस अधिमा एक वर्षदेखि ८१ वर्ष उमेर समूहका व्यक्ति कोभिड–१९ सङ्क्रमित भएको देखिन्छ । यो एक हप्ताको अवधिमा २३ महिला र ३९ पुरुष गरी ६२ जना कोभिड—१९ सङ्क्रमित निको भएर घर फर्किएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
गण्डकी प्रदेश
प्रदेश सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशको माघ १० गतेको तथ्याङ्क अनुसार प्रदेशमा कुल ९४ हजार ९ सय ५९ जना कोभिड–१९ बाट सङ्क्रमित भएका छन् । हाल कास्की र नवलपरासी (बर्दाघाट सुस्ता पूर्व) मा ५ सय भन्दा बढी सक्रिय सङ्क्रमित रहेका छन् भने गोरखा, तनहुँ, स्याङजा बागलुङमा २ सय भन्दा बढी सक्रिय सङ्क्रमित रहेका छन् । गण्डकी प्रदेशमा रहेका सक्रिय सङ्क्रमित मध्ये ५ हजार ८३ जना होम आइसोलेशन, ८८ जना संस्थागत आइसोलेशन, १६ जना आइसियू र एक जना भेण्टीलेटरमा रहेका छन् । प्रदेशमा कोभिड–१९ को सङ्क्रमणबाट कुल १ हजार ४ सय ३३ जनाको मृत्यु भएको छ । प्रदेश सरकार स्वास्थ्य जनसङ्ख्या मन्त्रालयको तथ्याङ्क अनुसार माघ १० गतेसम्म गण्डकी प्रदेशमा १८ वर्ष माथिका उमेर समुहले कोभिड–१९ विरुद्ध ९५.९ प्रतिशतले खोपको पहिलो मात्रा लगाएका छन् भने ८७.४ प्रतिशतले खोपको पूर्ण मात्रा लगाएका छन् । त्यस्तै १२ देखि १७ वर्षसम्मका उमेर समूहमा १.१ % ले खोपको पूर्ण मात्रा लगाएका छन् भने ६१.६ % ले खोपको पहिलो मात्रा लगाएका छन् । प्रदेशका विभिन्न जिल्लाले सोही अवधिमा बुस्टर खोप दिने सुचना दिएका छन् । त्यस्तै प्रदेशकामा कोभिड १९ सङ्क्रमण फैलिन थालेपछि जिल्लाहरुमा निषेध आज्ञाहरु जारी भएका छन् भने सरकारी कार्यालयका कर्मचारीहरुमा कोभिड १९ सङ्क्रमण पुष्टि भएपछि कार्यालयका सेवाहरु बन्द गरिएका छन् ।
अनलाइन डेस्क
सम्बन्धित समाचारहरू
हत्या घटनाका आरोपित सासु गिरफ्तार
गौरीगंगा नगरपालिका–१ की २८ वर्षीया कबिता बुढाको हत्या गरेको आरोपमा प्रहरीले ५० वर्षीया सासु लक्ष्मी बुढालाई जेठ २३ गते गिरफ्तार गरेको छ । जेठ २२ गते गौरीगंगा नगरपालिका—१ स्थित केदारेश्वर…
न्याय माग्दै २० वर्ष बित्यो, आरोपितको समेत पहिचान भएन
सशस्त्र द्वन्द्वको क्रममा माओवादी कार्यकर्ताबाट मारिएका कृष्णप्रसाद अधिकारीको परिवारले २० वर्षदेखि अनसनसमेत विभिन्न अभियान र आन्दोलनमार्फत खोजेको न्याय अझै पाउन सकेको छैन । कृष्णका बुबा नन्दप्रसादको ३३४ दिन अनसन बसेर…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
१२ र १४ वर्षीया दुई जना बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले दुई जना बालकसहित पाँच जनालाई जेठ २२ गते गिरफ्तार गरेको छ । गिरफ्तार हुनेहरूमा गढवा गाउँपालिका–६ का १८…
सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकमा संशोधन दर्ता
प्रतिनिधिसभामा दर्ता भएको बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (टिआरसी तेस्रो संशोधन) विधेयक, २०७९ मा २८ ओटा संशोधन प्रस्ताव दर्ता भएको छ । टीआरसी विधेयक कानुन, न्याय…
सर्वोच्च अदालतद्वारा रेशम चौधरीको आममाफीविरूद्धको मुद्दामा कारण देखाउ आदेश जारी
सर्वोच्च अदालतले टिकापुर घटनामा दोषी ठहर भएका रेशम चौधरीलाई आममाफी दिने राष्ट्रपति रामचन्द्र पौडेलको निर्णयविरूद्ध परेको रिटमा सरकारलाई कारण देखाउ आदेश जारी गरेको छ । टिकापुरमा भएको थरुहट आन्दोलनका क्रममा…