कोभिड-१९: यो साता परीक्षण गरिएकामध्ये आठ प्रतिशतमा सङ्क्रमण
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार यो एक साताको अवधिमा परीक्षण गरिएकामध्ये आठ प्रतिशतमा कोभिड सङ्क्रमण पुष्टि भएको छ । यो साता आठ जनाको मृत्यु भएको तथ्याङ्कले देखाउँछ । एक सातामा ५७ हजार ५ सय ६५ ओटा स्वाब परीक्षण गरिएको मन्त्रालयले जनाएको छ । यो साता ४ हजार ६ सय ६९ जनामा कोभिड–१९ को सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ । एक सातामा १ हजार ८ सय ११ जना सङ्क्रमित निको भए । यो साता कोभिड सङ्क्रमणको ग्राफ उकालो लागेको छ । जसका कारण सरकार र सरकारी निकायले शतर्कताका लागि नागरिकलाई आह्वान गरेका छन् ।
प्रदेश १
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ०७८ पुस १९ गतेदेखि २६ गतेसम्मको अवधिमा झापामा ३५ जना पुरूष र २६ जना महिला गरी ६१ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । त्यसैगरी सुनसरीमा ३६ जना पुरूष र २३ जना महिला गरी ५९ जना, मोरङमा १ सय ३० जना पुरूष र ९० जना महिला गरी २ सय २० जना, उदयपुरमा तीन जना पुरूष र पाँच जना महिला गरी आठ जना, भोजपुरमा ६ जना पुरूष र चार जना महिला गरी १० जना, धनकुटामा दुई जना पुरूष र एक जना महिला गरी तीन जना, खोटाङमा ६ जना पुरूष र दुई जना महिला गरी आठ जना, पाँचथरमा दुई जना पुरूष, ताप्लेजुङमा दुई जना पुरूष , इलाममा दुई जना पुरूष र एक जना महिला गरी तीन जना,ओखलढुङ्गामा तीन जना पुरूष,सोलुखुम्बुमा आठ जना पुरूष र तेहृथुममा दुई जना पुरूषमा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । प्रदेश १ मा रहेका कोशी कोभिड–१९ अस्पताल,प्रदेश जनस्वास्थ्य प्रयोगशाला, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा प्रयोगशाला, मेची अस्पताल प्रयोगशाला, कोटीहोम प्रयोगशाला, नोवेल अस्पताल प्रयोगशाला, विराट अस्पताल प्रयोगशाला र न्यूरो अस्पताल प्रयोगशालामा गरिएको कोभिड–१९ को परीक्षणमा प्रदेश १ मा एक साताको अवधिमा ३ सय ९५ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
प्रदेश २
एक साताको अवधिमा प्रदेश २ मा २१ जना महिला र ६५ जना पुरुष गरी ८६ जनामा कोभिड सङ्क्रमण पुष्टि भएको प्रदेश २ स्वास्थ्य निर्देशनालयले जनाएको छ । निर्देशनालयका अनुसार सप्तरीमा दुई, सिरहामा नौ, धनुषामा १९, महोत्तरीमा ६, सर्लाहीमा नौ, रौतहटमा आठ, बारामा दुई र पर्सामा ३१ जना सङ्क्रमित भएका हुन् । यस अवधिमा नौ वर्षदेखि ६५ वर्ष उमेर समूहका व्यक्ति सङ्क्रमित भएका छन् । यो साता आठ महिला र २९ पुरुष गरी ३७ जना सङ्क्रमित निको भए । कोभिड सङ्क्रमितहरूको स्वास्थ्य अवस्था सामान्य रहेको र सङ्क्रमितहरू स्वास्थ्यकर्मीको सम्पर्कमा आइसोलेशन र होम आइसोलेशनमा रहेका पनि निर्देशनालयले जनाएको छ ।
गण्डकी प्रदेश
प्रदेश सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशको पुस १९ गतेको तथ्याङ्क अनुसार प्रदेशमा कुल ८८ हजार ६ सय ४६ जना कोभिड–१९ बाट सङ्क्रमित भएका छन् । हाल कास्कीमा २ सय भन्दा बढी सक्रिय सङ्क्रमित रहेका छन् भने मुस्ताङमा सक्रिय सङ्क्रमितको सङ्ख्या शुन्य रहेको छ । गण्डकी प्रदेशमा रहेका सक्रिय सङ्क्रमित मध्ये ६ सय ८६ जना होम आइसोलेशन, १२ जना संस्थागत आइसोलेशन र चार जना आइसियूमा रहेका छन् । प्रदेशमा कोभिड–१९ को सङ्क्रमणबाट कुल १ हजार ४ सय २७ जनाको मृत्यु भएको छ । प्रदेश सरकार स्वास्थ्य जनसङ्ख्या मन्त्रालयको तथ्याङ्क अनुसार पुस २६ गतेसम्म गण्डकी प्रदेशमा १८ वर्ष माथिका उमेर समुहले कोभिड–१९ विरुद्ध ९१.८ प्रतिशतले खोपको पहिलो मात्रा लगाएका छन् भने ७७.९ प्रतिशतले खोपको पूर्ण मात्रा लगाएका छन् । त्यस्तै १२ देखि १७ वर्षसम्मका उमेर समूहमा १.१ प्रतिशतले खोपको पूर्ण मात्रा लगाएका छन् भने ५९.३ प्रतिशतले खोपको पहिलो मात्रा लगाएका छन् । कोभिड १९ थप फैलिनबाट रोक्नको लागि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय गण्डकी प्रदेशले पुस २६ गते डिसिएमसी र स्थानीय तहहरुलाई विभिन्न निर्देशनहरु दिएको छ । जसमध्ये मेला, महोत्सवमा रोक, कार्यक्रम गर्नुपरे स्मार्ट लकडाउनको प्रकृया अवलम्बन गरेर गर्न निदेशन दिएको छ भने आइसोलेशन सेवालाई पुन चलायमान अवस्थामा ल्याउन र अस्पतालहरुलाई स्वास्थ्य उपकरण सहित तयारी अवस्थामा रहन भनिएको छ । यसका साथै प्रदेशका सबै विद्यालयहरु पुस २७ गतेदेखि माघ १५ गतेसम्म बन्द गरिएका छन् ।
कर्णाली प्रदेश
कर्णाली प्रदेशमा १ लाख ८१ हजार ३ सय चार जनाले कोभिड –१९ परीक्षण गरेकोमा हालसम्म ३४ हजार ३३ जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ । कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार हालसम्म ३२ हजार २ सय ९५ जना कोभिडलाई जितेर घर फर्किएका छन् । हाल आइसोलेशनमा २९ जना रहेका छन्, भने मृत्यु हुनेको सङ्ख्या ३ सय ८८ रहेको छ । यो हप्ता २१ जना मात्रै नयाँ सङ्क्रमित थपिएका छन । सातामा कोभिडबाट एकजनाको पनि मृत्यु नभएको निर्देशनालयले जनाएको छ । पछिल्लो २४ घण्टामा सङ्क्रमणको अवस्था बढेको अनुमान गरिएको छ । यद्यपी निर्देशनालयले तथ्याङ्क सार्वजनिक गरेको छैन ।
सुदूरपश्चिम प्रदेश
सुदूरपश्चिम प्रदेश समाजिक विकास मन्त्रालय स्वास्थ्य निर्देशनालय राजपुर, डोटीका अनुसार सुदूरपश्चिम प्रदेशमा २०७८ पुस २० गतेदेखि २०७८ पुस २६ गतेसम्म ६ सय ८७ जनामा सङ्क्रमण पुष्टि भएको छ । पुस २६ गते मात्रै सुदूरपश्चिमका बैतडीमा दुई, बझाङमा एक, बाजुरामा एक, दार्चुलामा एक, कैलालीमा १६, कञ्चनपुरमा २४ र अन्य जिल्लामा पाँच जना गरी ५० जना सङ्क्रमण पुष्टि भएको छ । यस साता कोभिड सङ्क्रमितबाट मुत्यु नभएको भएपनि हालसम्म मृत्यु हुनेको सङ्ख्या ६ सय १४ जना रहेको सुदूरपश्चिम प्रदेश समाजिक विकास मन्त्रालय स्वास्थ्य निर्देशनालय राजपुर, डोटीले जनाएको छ । पुस २६ गतेसम्म ५० जना महिलासहित २ सय २४ जना आइसोलेशनमा रहेका छन् । अघिल्लो २४ घण्टामा कोभिड वर्डमा सात जना, आइसियुमा चार जना र भेन्टीलेटरमा एक जना बिरामीहरुको उपचार भइरहेको मन्त्रालयले जनाएको छ । हालसम्म ४ लाख ४१ हजार ३ सय ३४ जनाको कोभिड परीक्षण भएकोमा ४९ हजार ३१ जनामा सङ्क्रमण पुष्टि भइसकेको छ ।
अनलाइन डेस्क
सम्बन्धित समाचारहरू
हत्या घटनाका आरोपित सासु गिरफ्तार
गौरीगंगा नगरपालिका–१ की २८ वर्षीया कबिता बुढाको हत्या गरेको आरोपमा प्रहरीले ५० वर्षीया सासु लक्ष्मी बुढालाई जेठ २३ गते गिरफ्तार गरेको छ । जेठ २२ गते गौरीगंगा नगरपालिका—१ स्थित केदारेश्वर…
न्याय माग्दै २० वर्ष बित्यो, आरोपितको समेत पहिचान भएन
सशस्त्र द्वन्द्वको क्रममा माओवादी कार्यकर्ताबाट मारिएका कृष्णप्रसाद अधिकारीको परिवारले २० वर्षदेखि अनसनसमेत विभिन्न अभियान र आन्दोलनमार्फत खोजेको न्याय अझै पाउन सकेको छैन । कृष्णका बुबा नन्दप्रसादको ३३४ दिन अनसन बसेर…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
१२ र १४ वर्षीया दुई जना बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले दुई जना बालकसहित पाँच जनालाई जेठ २२ गते गिरफ्तार गरेको छ । गिरफ्तार हुनेहरूमा गढवा गाउँपालिका–६ का १८…
सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकमा संशोधन दर्ता
प्रतिनिधिसभामा दर्ता भएको बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (टिआरसी तेस्रो संशोधन) विधेयक, २०७९ मा २८ ओटा संशोधन प्रस्ताव दर्ता भएको छ । टीआरसी विधेयक कानुन, न्याय…
सर्वोच्च अदालतद्वारा रेशम चौधरीको आममाफीविरूद्धको मुद्दामा कारण देखाउ आदेश जारी
सर्वोच्च अदालतले टिकापुर घटनामा दोषी ठहर भएका रेशम चौधरीलाई आममाफी दिने राष्ट्रपति रामचन्द्र पौडेलको निर्णयविरूद्ध परेको रिटमा सरकारलाई कारण देखाउ आदेश जारी गरेको छ । टिकापुरमा भएको थरुहट आन्दोलनका क्रममा…