कोभिड-१९: यो साता परीक्षण गरिएकामध्ये चार प्रतिशतमा सङ्क्रमण
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार यो एक साताको अवधिमा परीक्षण गरिएकामध्ये ३.५३ प्रतिशतमा कोभिड सङ्क्रमण पुष्टि भएको छ । यो साता १२ जनाको मृत्यु भएको तथ्याङ्कले देखाउँछ । एक सातामा ४९ हजार ६ सय ४४ ओटा स्वाब परीक्षण गरिएको मन्त्रालयले जनाएको छ । यो साता १ हजार ७ सय ५५ जनामा कोभिड–१९ को सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ । एक सातामा १ हजार ६ सय ६९ जना सङ्क्रमित निको भए ।
प्रदेश १
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ०७८ पुस १३ गतेदेखि १९ गतेसम्मको अवधिमा झापामा ११ जना पुरूष र ६ जना महिला गरी १७ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । त्यसैगरी सुनसरीमा नौ जना पुरूष र पाँच जना महिला गरी १४ जना, मोरङमा ४० जना पुरूष र २८ जना महिला गरी ६८ जना, उदयपुरमा चार जना पुरूष, भोजपुरमा एक जना पुरूष र दुई जना महिला गरी तीन जना, धनकुटामा एक जना पुरूष र एक जना महिला गरी दुई जना, खोटाङमा दुई जना पुरूष, पाँचथरमा एक जना पुरूष, ताप्लेजुङमा एक जना महिला,इलाममा एक जना महिला र तेहृथुममा एक जना पुरूषमा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । यो साता सोलुखुम्बु र सङ्खुवासभामा कोभिड–१९ को सङ्क्रमण पुष्टि नभएको मन्त्रालयले जनाएको छ । प्रदेश १ मा रहेका कोशी कोभिड–१९ अस्पताल,प्रदेश जनस्वास्थ्य प्रयोगशाला, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा प्रयोगशाला, मेची अस्पताल प्रयोगशाला, कोटीहोम प्रयोगशाला, नोवेल अस्पताल प्रयोगशाला, विराट अस्पताल प्रयोगशाला र न्यूरो अस्पताल प्रयोगशालामा गरिएको कोभिड–१९ को परीक्षणमा प्रदेश १ मा एक साताको अवधिमा १ सय १६ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
गण्डकी प्रदेश
प्रदेश सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशको पुस १९ गतेको तथ्याङ्क अनुसार प्रदेशमा कुल ८८ हजार ४ सय ७१ जना कोभिड–१९ बाट सङ्क्रमित भएका छन् । हाल कास्कीमा २ सय भन्दा बढी सक्रिय सङ्क्रमित रहेका छन् भने मनाङ र मुस्ताङमा सक्रिय सङ्क्रमितको सङ्ख्या शुन्य रहेको छ । गण्डकी प्रदेशमा रहेका सक्रिय सङ्क्रमित मध्ये ६ सय १ जना होम आइसोलेशन, १५ जना संस्थागत आइसोलेशन र ६ जना आइसियूमा रहेका छन् । प्रदेशमा कोभिड–१९ को सङ्क्रमणबाट कुल १ हजार ४ सय २७ जनाको मृत्यु भएको छ । प्रदेश सरकार स्वास्थ्य जनसङ्ख्या मन्त्रालयको तथ्याङ्क अनुसार पुस १९ गतेसम्म गण्डकी प्रदेशमा १८ वर्ष माथिका उमेर समुहले कोभिड–१९ विरुद्ध ९१.४ % ले खोपको पहिलो मात्रा लगाएका छन् भने ७४.५ % ले खोपको पूर्ण मात्रा लगाएका छन् । त्यस्तै १२ देखि १७ वर्षसम्मका उमेर समूहमा १.१ % ले खोपको पूर्ण मात्रा लगाएका छन् भने ५६.१ % ले खोपको पहिलो मात्रा लगाएका छन् ।
अनलाइन डेस्क
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपित गिरफ्तार
१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा गुल्मी जिल्लाको मदाने गाउँपालिका-६, पुर्कोटदहका २१ वर्षीय सम्राट चुदारालाई प्रहरीले ०८१ मङ्सिर १८ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले मङ्सिर १७ गते…
बलात्कार गरेको कसुरमा १० वर्ष कैद सजायको फैसला
१७ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले ठाकुरबाबा नगरपालिका-५ का २१ वर्षीय निरज थारुलाई १० वर्ष कैद सजायको फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश डल्लुराम चौधरीको ०८१ मङ्सिर…
बलात्कार घटनाका आरोपित गिरफ्तार
नौ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा रौतामाई गाउँपालिका घर भई हाल त्रियुगा नगरपालिका-३ मोतिगडामा बस्दै आएका १५ बर्षीय बालकलाई प्रहरीले मङ्सिर १८ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले…
सङ्क्रमणकालीन न्याय आयुक्तहरूको छनौटमा सम्झौता नगर्न अधिकारकर्मीहरुको माग
सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका पदाधिकारी छनौट प्रक्रियालाई प्रतिस्पर्धी र गुणस्तरीय बन्न नदिन र यसलाई पुनः तेस्रो पटक समेत दलीय भागबन्डाको चक्रव्यूहमा फसाउने दुष्प्रयासका…
स्थानीय तह उपनिर्वाचन ०८१- कोशी प्रदेशमा ५ सय ४८ मत बदर
स्थानीय तह उपनिर्वाचन ०८१ मा कोशी प्रदेशमा २९ हजार ६ सय ३० मत खसेकोमा ५ सय ४८ मत बदर भएको छ । कोशी प्रदेश निर्वाचन कार्यालयका अनुसार ग्रामथान गाउँपालिकाको अध्यक्ष…