कोभिड-१९: यो साता परीक्षण गरिएकामध्ये तीन प्रतिशतमा सङ्क्रमण
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार यो एक साताको अवधिमा परीक्षण गरिएकामध्ये २.७ प्रतिशतमा कोभिड सङ्क्रमण पुष्टि भएको छ । यो साता १२ जनाको मृत्यु भएको तथ्याङ्कले देखाउँछ । एक सातामा ५७ हजार ९ सय २९ ओटा स्वाब परीक्षण गरिएको मन्त्रालयले जनाएको छ । यो साता १ हजार ५ सय ६८ जनामा कोभिड–१९ को सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ । एक सातामा १ हजार ८ सय ५० जना सङ्क्रमित निको भए ।
गण्डकी प्रदेश
प्रदेश सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशको पुस १२ गतेको तथ्याङ्क अनुसार प्रदेशमा कुल ८८ हजार ३ सय ७६ जना कोभिड–१९ बाट सङ्क्रमित भएका छन् । हाल कास्कीमा २ सय भन्दा बढी सक्रिय सङ्क्रमित रहेका छन् भने मनाङ र मुस्ताङमा सक्रिय सङ्क्रमितको सङ्ख्या शुन्य रहेको छ । गण्डकी प्रदेशमा रहेका सक्रिय सङ्क्रमित मध्ये ६ सय ७ जना होम आइसोलेशन, १५ जना संस्थागत आइसोलेशन र दुई जना आइसियूमा रहेका छन् । प्रदेशमा कोभिड–१९ को सङ्क्रमणबाट कुल १ हजार ४ सय २६ जनाको मृत्यु भएको छ । प्रदेश सरकार स्वास्थ्य जनसङ्ख्या मन्त्रालयको तथ्याङ्क अनुसार पुस १२ गतेसम्म गण्डकी प्रदेशमा कोभिड–१९ विरुद्ध ११ लाख ९६ हजार १ सय ३१ जनाले पूर्ण खोप लगाएका छन् भने जन्सन एण्ड जन्सन खोप लगाएका बाहेक १३ लाख ५३ हजार ३ सय ११ जनाले खोपको पहिलो मात्रा लगाएका छन् ।
अनलाइन डेस्क
सम्बन्धित समाचारहरू
बलात्कार घटनाको कसुरमा सात वर्ष कैद
१९ वर्षीया युवतीलाई बलात्कार गरेको कसुरमा हनुमाननगर कंकालिनी नगरपालिका–१ कोशी ब्यारेजका २३ वर्षीय अनीष कुमार मण्डललाई चैत १५ गते ७ वर्ष कैद सजाय भएको छ । जिल्ला न्यायाधीश लालकाजी श्रेष्ठको…
नेपाल मानव अधिकार वर्ष पुस्तक परिमार्जनसहित इतिहासको निरन्तरता विषयक कार्यशाला सम्पन्न
इन्सेकले सन् १९९२ देखि हरेक वर्ष प्रकाशन गर्दै आएको नेपाल मानव अधिकार वर्ष पुस्तकको आगामी वर्षदेखि केही परिमार्जित ढाँचामा ल्याउने उद्देश्यले काभ्रेको धुलिखेलमा आयोजित दुई दिने कार्यशाला सम्पन्न भएको छ…
बलात्कार गरेको कसुरमा कैद सजायको फैसला
नौ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले आठराई त्रिवेणी गाउँपालिका– १ का १०, ११ र १२ वर्षीय बालकलाई चैत १६ गते कैद सजायको फैसला सुनाएको छ । जिल्ला अदालतका…
सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक पीडितमैत्री बनाउन माग गर्दै धर्ना
द्वन्द्वपीडित समाजले चैत १७ गते पोखरामा सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक पीडितमैत्री बनाउन माग गर्दै धर्ना विरोध प्रदर्शन गरेका छन् । संक्रमणकालीन न्याय सम्बन्धि वेपत्ता पारिएका व्यक्तिहरूको छानविन, सत्य निरूपण तथा मेलमिलाप…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१९ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा आरोपमा प्रहरीले इटहरी उपमहानगरपालिका–२० का २१ वर्षीय उज्जवल माझीलाई चैत १७ गते गिरफ्तार गरेको छ । पीडित युवतीलाई आरोपितले ०७९ चैत १० गते बलात्कार…