कोभिड-१९: यो साता परीक्षण गरिएकामध्ये तीन प्रतिशतमा सङ्क्रमण
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार यो एक साताको अवधिमा परीक्षण गरिएकामध्ये तीन प्रतिशतमा कोभिड सङ्क्रमण पुष्टि भएको छ । यो साता १७ जनाको मृत्यु भएको तथ्याङ्कले देखाउँछ । एक सातामा ४६ हजार ५ सय ६४ सय ओटा स्वाब परीक्षण गरिएको मन्त्रालयले जनाएको छ । यो साता १ हजार ४ सय १९ जनामा कोभिड–१९ को सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ । एक सातामा २ हजार ३४ जना सङ्क्रमित निको भए ।
गण्डकी प्रदेश
प्रदेश सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशको पुस ५ गतेको तथ्याङ्क अनुसार प्रदेशमा कुल ८८ हजार २ सय ८३ जना कोभिड–१९ बाट सङ्क्रमित भएका छन् । हाल कास्कीमा २ सय भन्दा बढी सक्रिय सङ्क्रमित रहेका छन् भने मनाङमा सक्रिय सङ्क्रमितको सङ्ख्या शुन्य रहेको छ । गण्डकी प्रदेशमा रहेका सक्रिय सङ्क्रमित मध्ये ७ सय ४० जना होम आइसोलेशन, २४ जना संस्थागत आइसोलेशन, सात जना आइसियूमा रहेका छन् । प्रदेशमा कोभिड–१९ को सङ्क्रमणबाट कुल १ हजार ४ सय २५ जनाको मृत्यु भएको छ । प्रदेश सरकार स्वास्थ्य जनसङ्ख्या मन्त्रालयको तथ्याङ्क अनुसार पुस ५ गतेसम्म गण्डकी प्रदेशमा कोभिड–१९ विरुद्ध ११ लाख १२ हजार १ सय ५८ जनाले पूर्ण खोप लगाएका छन् भने १४ लाख ७२ हजार ३ सय ८७ जनाले खोपको पहिलो मात्रा लगाएका छन् । त्यस्तै नेपाल स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पुस ४ गते देखि पुस १४ गतेसम्म गण्डकी प्रदेशका बागलुङ र कास्की बाहेक नौ जिल्लामा १२ देखि १७ वर्ष उमेर समूहलाई मोडर्ना खोप कार्यक्रम सञ्चालन गरेको छ । हालसम्म प्रदेशभर ८ हजार ६ सय ९५ जनाले सो खोपको पहिलो मात्रा प्राप्त गरेका छन् ।
कर्णाली प्रदेश
कर्णाली प्रदेशमा १ लाख ८० हजार ५ सय ९९ कोभिड –१९ परीक्षण गरेकोमा हालसम्म ३३ हजार ९ सय ९१ जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ । कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार हालसम्म ३२ हजार २ सय ६२ जनाले कोभिडलाई जितेर घर फर्किएका छन् । हाल आइसोलेशनमा १६ जना रहेका छन्, भने मृत्यु हुनेको सङ्ख्या ३ सय ८८ रहेको छ । यो हप्ता ८ जना मात्रै नयाँ सङ्क्रमित थपिएका छन । सातामा कोभिडबाट एकजनाको पनि मृत्यु नभएको निर्देशनालयले जनाएको छ । पछिल्लो २४ घण्टामा १० जनाले परीक्षण गरेकोमा ३ जना सङ्क्रमित भेटिएका छन् ।
अनलाइन डेस्क
सम्बन्धित समाचारहरू
निर्माण व्यवसायीको लापरवाहीले अस्पताल भवन नबन्दा सेवाग्राही मर्कामा
दोरम्बा शैलुङ गाउँपालिका दोरम्बामा निर्माणाधीन १५ शय्या दोरम्बा अस्पतालको निर्माण कार्य अलपत्र परेको छ । निर्माण व्यवसायी बीचमा काम छोडेर भागेपछि अस्पताल निर्माण कार्य अलपत्र परेको हो । ०७८ चैत…
सङ्क्रमणकालीन न्यायको कानुन संशोधनका सम्बन्धमा द्वन्द्वपीडितद्वारा १६ बुँदे घोषणापत्र जारी
सङ्क्रमणकालीन न्याय कानुन संशोधनका लागि विधेयकका सम्बन्धमा द्वन्द्वपीडितहरूले १६ बुँदे घोषणापत्र जारी गरेका छन् । काठमाडौँमा चैत १० गते आयोजित द्वन्द्वपीडितहरूको राष्ट्रिय परामर्शद्वारा पारित घोषणापत्रमा सङ्क्रमणकालीन न्यायको विषयलाई निश्कर्षमा पुर्याउने…
बालकलाई चार वर्ष आठ महिना कैद
१८ वर्षीया युवतीलाई बलात्कार गरेको कसुरमा १७ वर्षीय बालकलाई चैत १० गते ४ वर्ष ८ महिना कैद सजाय भएको छ । जिल्ला न्यायाधीश हेमन्त रावलको इजलाशले बालकलाई कैदका साथै ५०…
इन्सेकलगायतको सरोकारवाला निकायको सक्रियतामा बालविवाह रोकियो
जुम्लामा बालविवाह रोकिएको छ । तिला गाउँपालिका – ३ मा हुन थालेको बालविवाह चैत १० गते रोकिएको हो । तिला गाउँपालिका –५ की १६ वर्षीया बालिका र सोही गाउँपालिका –३…
बालिका बेचबिखन र ओसारपसार कसुरमा आठ वर्ष कैद
१३ र १४ वर्षीया बालिकाहरूलाई बिक्रीगर्ने उद्देश्यले भारत लगेको आरोपमा हनुमाननगर कंकालिनी नगरपालिका–६ जोगिनियाका १६ वर्षीय बालकलाई ०७९ चैत १० गते ८ वर्ष कैद सजाय भएको छ । जिल्ला न्यायाधीश…