कोभिड-१९: यो साता परीक्षण गरिएकामध्ये तीन प्रतिशतमा सङ्क्रमण
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार यो एक साताको अवधिमा परीक्षण गरिएकामध्ये २.९५ प्रतिशतमा कोभिड सङ्क्रमण पुष्टि भएको छ । यो साता १४ जनाको मृत्यु भएको तथ्याङ्कले देखाउँछ । एक सातामा ५५ हजार ४ सय ओटा स्वाब परीक्षण गरिएको मन्त्रालयले जनाएको छ । यो साता १ हजार ६ सय ३५ जनामा कोभिड–१९ को सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ । एक सातामा २ हजार ३ सय २३ जना सङ्क्रमित निको भए ।
गण्डकी प्रदेश
प्रदेश सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशको मङ्सिर २७ गतेको तथ्याङ्क अनुसार प्रदेशमा कुल ८८ हजार १ सय ४४ जना कोभिड–१९ बाट सङ्क्रमित भएका छन् । हाल कास्की र नवलपरासी पूर्वमा २ सय भन्दा बढी सक्रिय सङ्क्रमित रहेका छन् भने मनाङ र मुस्ताङमा सक्रिय सङ्क्रमितको सङ्ख्या शुन्य रहेको छ । गण्डकी प्रदेशमा रहेका सक्रिय सङ्क्रमित मध्ये ८ सय ३५ जना होम आइसोलेशन, २५ जना संस्थागत आइसोलेशन, ६ जना आइसियू र एक जना भेण्टीलेटरमा रहेका छन् । प्रदेशमा कोभिड–१९ को सङ्क्रमणबाट कुल १ हजार ४ सय २३ जनाको मृत्यु भएको छ । प्रदेश सरकार स्वास्थ्य जनसङ्ख्या मन्त्रालयको तथ्याङ्क अनुसार मङ्सिर २६ गतेसम्म गण्डकी प्रदेशमा कोभिड–१९ विरुद्ध १० लाख २५ हजार ६ सय ४३ जनाले पूर्ण खोप लगाएका छन् भने १३ लाख ८४ हजार ८ सय ८७ जनाले खोपको पहिलो मात्रा लगाएका छन् ।
अनलाइन डेस्क
सम्बन्धित समाचारहरू
जुम्लामा कुसंस्कार कायमै, नवजात शिशुसहित सुत्केरी महिला गोठमा !
हिमा गाउँपालिका– ५ की २६ वर्षीया मनसुबा शाही सुत्केरी भएपछि गाईगोरु बाँध्ने गोठमा नवजात शिशुसहित बस्दै आउनु भएको छ । शाही सुत्केरी भएपछि नौ दिनसम्म गाई राख्ने गोठमा बस्न बाध्य…
बलात्कार प्रयास घटनाका आरोपित विरूद्ध उजुरी
४३ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा पीडित पक्षले ५४ वर्षीय नातेदार विरूद्ध असार १७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका छन् । पीडितलाई आरोपितले असार १६ गते खेतमा काम…
घरेलु हिंसा पीडित घाइते महिलाको इन्सेकको पहलमा उद्धार
घरेलु हिंसा पीडित गंगाजमुना गाउँपालिका-६ बसेरीकी ३१ वर्षीया रेखा मुक्तान खत्रीको ०७९ असार १८ गते घाइते अवस्थामा इन्सेक जिल्ला प्रतिनिधिको पहलमा उद्धार गरिएको छ । पीडित रेखा पति ३७ वर्षीय…
गाउँपालिकाले समयमै सामाजिक सुरक्षा भत्ता नदिएको ज्येष्ठ नागरिकको गुनासो
सिमकोट गाउँपालिकाबाट समयमै सामाजिक सुरक्षा भत्ता नपाएको ज्येष्ठ नागरिकहरूले गुनासो गरेका छन् । ०७८ साउनदेखि सिमकोट गाउँपालिकाले समयमै ज्येष्ठ नागरिकहरूको सामाजिक सुरक्षा भत्ता आफुहरूलाई वितरण नगरेको सिमकोट गाउँपालिका–३ का ७८…
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (असार १८ गते)
असार १८ गते ३३ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७९ हजार ७ सय ६२ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा १…