कोभिड-१९: यो साता परीक्षण गरिएकामध्ये तीन प्रतिशतमा सङ्क्रमण
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार यो एक साताको अवधिमा परीक्षण गरिएकामध्ये ३.३८ प्रतिशतमा कोभिड सङ्क्रमण पुष्टि भएको छ । यो साता २४ जनाको मृत्यु भएको तथ्याङ्कले देखाउँछ । एक सातामा ५० हजार ४ सय ५८ ओटा स्वाब परीक्षण गरिएको मन्त्रालयले जनाएको छ । यो साता १ हजार ७ सय ६ जनामा कोभिड–१९ को सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ । एक सातामा २ हजार २ सय ९३ जना सङ्क्रमित निको भए भने २४ जनाको मृत्यु भएको मन्त्रालयले जनायो ।
कोभिड-१९ को भाइरसमा नयाँ उत्परिवर्तन देखिएको छ । नयाँ उत्परिवर्तित भेरिएन्टलाई ओमीक्रोन नाम दिइएको छ । यो भेरीएन्ट पहिलो पटक २४ नोभेम्बर २०२१ मा दक्षिण अफ्रिकामा पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । विश्व स्वास्थ्य सङ्गठनले गरेको प्रारम्भिक आँकलन अनुसार दक्षिण पूर्वी एसियामा ओमीक्रोनको उच्च जोखिम रहेको उल्लेख छ। मङ्सिर ३ गते नया भेरिएन्ट पुष्टि भएको देश हुँदै आएका ६६ वर्षीय विदेशी नागरिक र उनको सम्पर्कमा रहेका ७१ वर्षिय नेपाली गरी दुई जनालाई ओमीक्रोन पुष्टि भएको छ । मङ्सिर १९ गते उनीहरूमा सो पुष्टि भएको हो ।
प्रदेश १
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ०७८ मङ्सिर १३ गतेदेखि २० गतेसम्मको अवधिमा झापामा ५१ जना पुरूष र २४ जना महिला गरी ७५ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । त्यसैगरी सुनसरीमा २६ जना पुरूष र १७ जना महिला गरी ४३ जना, मोरङमा ५९ जना पुरूष र ४४ जना महिला गरी १ सय ३ जना, उदयपुरमा आठ जना पुरूष र दुई जना महिला गरी १० जना, भोजपुरमा चार जना पुरूष र तीन जना महिला गरी सात जना, धनकुटामा एक जना पुरूष र दुई जना महिला गरी तीन जना, खोटाङमा ६ जना पुरूष, ओखलढुङ्गामा चार जना पुरूष,सोलुखुम्बमा तीन जना पुरूष, पाँचथरमा दुई जना पुरूष र एक जना महिला गरी तीन जना, ताप्लेजुङमा एक जना पुरूष,सङ्खुवासभामा पाँच जना पुरूष र दुई जना महिला गरी सात जना र तेहृथुममा एक जना पुरूषमा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । यो साता इलाममा कोभिड–१९ को सङ्क्रमण पुष्टि नभएको मन्त्रालयले जनाएको छ । प्रदेश १ मा रहेका कोशी कोभिड–१९ अस्पताल,प्रदेश जनस्वास्थ्य प्रयोगशाला, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा प्रयोगशाला, मेची अस्पताल प्रयोगशाला, कोटीहोम प्रयोगशाला, नोवेल अस्पताल प्रयोगशाला, विराट अस्पताल प्रयोगशाला र न्यूरो अस्पताल प्रयोगशालामा गरिएको कोभिड–१९ को परीक्षणमा प्रदेश १ मा एक साताको अवधिमा २ सय ६६ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
गण्डकी प्रदेश
प्रदेश सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशको मङ्सिर २० गतेको तथ्याङ्क अनुसार प्रदेशमा कुल ८८ हजार ३७ जना कोभिड–१९ बाट सङ्क्रमित भएका छन् । हाल कास्की र नवलपरासी पूर्वमा २ सय भन्दा बढी सक्रिय सङ्क्रमित रहेका छन् भने मनाङ र मुस्ताङमा सक्रिय सङ्क्रमित छैनन् । गण्डकी प्रदेशमा रहेका सक्रिय सङ्क्रमित मध्ये १ हजार १४ जना होम आइसोलेशन, ४२ जना संस्थागत आइसोलेशन र आठ जना आइसीयूमा रहेका छन् । प्रदेशमा कोभिड–१९ को सङ्क्रमणबाट कुल १ हजार ४ सय २१ जनाको मृत्यु भएको छ । प्रदेश सरकार स्वास्थ्य जनसङ्ख्या मन्त्रालयको तथ्याङ्क अनुसार मङ्सिर २० गतेसम्म गण्डकी प्रदेशमा कोभिड–१९ विरुद्ध ७ लाख ६१ हजार ८ सय ९१ जनाले पूर्ण खोप लगाएका छन् भने १२ लाख ३० हजार ७ सय ६० जनाले खोपको पहिलो मात्रा लगाएका छन् ।
लुम्बिनी प्रदेश
लुम्बिनी प्रदेशमा यस साता १ सय १७ जना कोभिड सङ्क्रमित भए । जसमध्ये ६८ जना पुरुष र ४९ जना महिला रहेका छन् । यो साता रुपन्देहीमा सबैभन्दा बढी ४५ जनामा कोभिड पुष्टि भयो । अर्घाखाँचीमा सात, बाँकेमा १२, बर्दियामा १०, दाङमा नौ, गुल्मीमा नौ, कपिलवस्तुमा ६, पाल्पामा सात, प्यूठानमा तीन, रोल्पामा दुई, नवलपरासी पश्चिममा एक जना सङ्क्रमित रहेका छन् । प्रदेशमा पछिल्लो २४ घण्टामा २० जनामा कोभिड सङ्मण पुष्टि भएको छ । २ सय भन्दा बढी सक्रिय सङ्क्रमित बाँकेमा रहेका छन् । लुम्बिनी प्रदेशमा २ सय भन्दा बढी सक्रिय सङ्क्रमित रुपन्देही र बाँकेमा रहेका छन् । होम आइसोलेशनमा ८ हजार ५८, संस्थागत आइसोलेशनमा ४१, आइसीयूमा १६ जना र भेण्टीलेटरमा दुई जना सङ्क्रमितको उपचार भइरहेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार लुम्बिनी प्रदेशमा १ हजार ८ सय २० जनाको कोभिडबाट मृत्यु भइसकेको छ ।
कर्णाली प्रदेश
कर्णाली प्रदेशमा १ लाख ८० हजार २ सय ९५ कोभिड –१९ परीक्षण गरेकोमा हालसम्म ३३ हजार ९ सय ५९ जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ । कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार हालसम्म ३२ हजार २ सय ११ जना कोभिडलाई जितेर घर फर्किएका छन् । हाल आइसोलेशनमा ५ जना रहेका छन्, भने मृत्यु हुनेको सङ्ख्या ३ सय ८७ रहेको छ । यो हप्ता २२ जना मात्रै नयाँ सङ्क्रमित थपिएका छन । सातामा कोभिडबाट एकजनाको पनि मृत्यु नभएको निर्देशनालयले जनाएको छ । पछिल्लो २४ घण्टामा ५८ जनाले परीक्षण गरेकोमा ६ जना सङ्क्रमित भेटिएका छन् ।
सुदूरपश्चिम प्रदेश
सुदूरपश्चिम प्रदेश समाजिक विकास मन्त्रालय स्वास्थ्य निर्देशनालय राजपुर, डोटीका अनुसार सुदूरपश्चिम प्रदेशमा २०७८ मङ्सिर १४ गतेदेखि २०७८ मङ्सिर २० गतेसम्म ५७ जनामा सङ्क्रमण पुष्टि भएको छ । मङ्सिर २० गते मात्रै सुदूरपश्चिमका कैलालीमा दुई र अन्य जिल्लामा एक जना गरी तीन जनामा सङ्क्रमण पुष्टि भएको छ । यस साता कोभिड सङ्क्रमितबाट एक जनाको मुत्यु भएसँगै यस प्रदेशमा मृत्यु हुनेको सङ्ख्या ६ सय १० जना रहेको सुदूरपश्चिम प्रदेश समाजिक विकास मन्त्रालय स्वास्थ्य निर्देशनालय राजपुर, डोटीले जनाएकोे छ । मङ्सिर २० गतेसम्म दुई जना महिलासहित चार जना आइसोलेशनमा रहेका छन् । अधिल्लो २४ घण्टामा भेन्टीलेटरमा एक जना र आइसियुमा ६ जना गरी सात जना बिरामीहरुको उपचार भइरहेको मन्त्रालयले जनाएको छ । हालसम्म ४ लाख १२ हजार ८ सय ७३ जनाको कोभिड परीक्षण भएकोमा ४८ हजार ७९ जनामा सङ्क्रमण पुष्टि भइसकेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार सुदूरपश्चिम प्रदेशमा कोभिशिल्ड पहिलो खोप पाउनेको सङ्ख्या २ लाख ८३ हजार ३ जना रहेकोमा कोभिशिल्ड दोस्रो खोप २ लाख १ हजार ४ सय २१ जनाले मात्रै पाएका छन् । यसैगरी भेरोसेल पहिलो खोप पाउनेको सङ्ख्या ७ लाख १६ हजार १ सय ५० जना रहेकोमा भेरोसेल दोस्रो खोप ४ लाख १८ हजार ३ सय ५८ जनाले मात्रै पाएका छन् । जोन्सन एण्ड जोन्सन कम्पनीको खोप १ लाख ४२ हजार २ सय ९९ जनालाई लगाइएको छ । नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार अघिल्लो २४ घण्टामा कोभिशिल्ड पहिलो खोप २० हजार १ सय ८६ र दोस्रो खोप १८ हजार १ सय २२ जनाले पाएका छन् । यसैगरी भेरोसेल पहिलो खोप ५८ हजार ६ सय २१ जना र दोस्रो खोप ९ हजार १ सय २० जनाले पाएका छन् । जोन्सन एण्ड जोन्सन कम्पनीको खोप ५ सय ५४ जनाले पाएका छन् ।
अनलाइन डेस्क
सम्बन्धित समाचारहरू
हत्या घटनाका आरोपित सासु गिरफ्तार
गौरीगंगा नगरपालिका–१ की २८ वर्षीया कबिता बुढाको हत्या गरेको आरोपमा प्रहरीले ५० वर्षीया सासु लक्ष्मी बुढालाई जेठ २३ गते गिरफ्तार गरेको छ । जेठ २२ गते गौरीगंगा नगरपालिका—१ स्थित केदारेश्वर…
न्याय माग्दै २० वर्ष बित्यो, आरोपितको समेत पहिचान भएन
सशस्त्र द्वन्द्वको क्रममा माओवादी कार्यकर्ताबाट मारिएका कृष्णप्रसाद अधिकारीको परिवारले २० वर्षदेखि अनसनसमेत विभिन्न अभियान र आन्दोलनमार्फत खोजेको न्याय अझै पाउन सकेको छैन । कृष्णका बुबा नन्दप्रसादको ३३४ दिन अनसन बसेर…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
१२ र १४ वर्षीया दुई जना बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले दुई जना बालकसहित पाँच जनालाई जेठ २२ गते गिरफ्तार गरेको छ । गिरफ्तार हुनेहरूमा गढवा गाउँपालिका–६ का १८…
सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकमा संशोधन दर्ता
प्रतिनिधिसभामा दर्ता भएको बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (टिआरसी तेस्रो संशोधन) विधेयक, २०७९ मा २८ ओटा संशोधन प्रस्ताव दर्ता भएको छ । टीआरसी विधेयक कानुन, न्याय…
सर्वोच्च अदालतद्वारा रेशम चौधरीको आममाफीविरूद्धको मुद्दामा कारण देखाउ आदेश जारी
सर्वोच्च अदालतले टिकापुर घटनामा दोषी ठहर भएका रेशम चौधरीलाई आममाफी दिने राष्ट्रपति रामचन्द्र पौडेलको निर्णयविरूद्ध परेको रिटमा सरकारलाई कारण देखाउ आदेश जारी गरेको छ । टिकापुरमा भएको थरुहट आन्दोलनका क्रममा…