कोभिड–१९: परीक्षण गरिएकामध्ये ८ प्रतिशतमा सङ्क्रमण
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार यो एक साताको अवधिमा परीक्षण गरिएकामध्ये ८.२१ प्रतिशतमा सङ्क्रमण पुष्टि भएको छ । मन्त्रालयले एक सातामा २८ हजार १ सय ८२ ओटा स्वाब परीक्षण गर्दा २ हजार ३ सय १४ जनामा कोभिड–१९ को सङ्क्रमण देखिएको जनाएको छ । एक सातामा ८ सय २३ जना सङ्क्रमित निको भए भने १७ जनाको मृत्यु भएको पनि मन्त्रालयले जनायो । नेपालमा कोभिड–१९ को दोस्रो लहर सुरू भएको सरकारले जनाएको छ । सरकारले स्वास्थ्य अनुशासनमा जोड दिँदै आएको छ ।
प्रदेश १
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ०७७ चैत २४ गतेदेखि चैत ३० गतेसम्मको अवधिमा झापामा नौ जना पुरूष र १२ जना महिला गरी २१ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । त्यसैगरी सुनसरीमा १६ जना पुरूष र ११ जना महिला गरी २७ जना, मोरङमा ४७ जना पुरूष र २६ जना महिला गरी ७३ जना, पाँचथरमा एक जना महिला, सङ्खुवासभामा दुई जना पुरूष र तीन जना महिला गरी पाँच जना, उदयपुरमा तीन जना महिला, भोजपुरमा तीन जना पुरूष, धनकुटामा दुई जना महिला, इलाममा दुई जना पुरूष र एक जना महिला, खोटाङमा चार जना पुरूष र एक जना महिला, ओखलढुङ्गामा दुई जना पुरूष र तेहृथुममा एक जना पुरूष गरी १ सय ४९ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । प्रदेश १ मा रहेका कोशी कोभिड–१९ अस्पताल, प्रदेश जनस्वास्थ्य प्रयोगशाला, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा प्रयोगशाला, मेची अस्पताल प्रयोगशाला,कोटीहोम प्रयोगशाला, नोवेल अस्पताल प्रयोगशाला, विराट अस्पताल प्रयोगशाला र न्यूरो अस्पताल प्रयोगशालामा गरिएको कोभिड–१९ को परीक्षणमा प्रदेश १ मा एक साताको अवधिमा प्रदेश १ मा १ सय ४९ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । सोलुखुम्बुमा यो साता कोभिड–१९ सङ्क्रमित फेला नपरेको मन्त्रालयले जनाएको छ ।
भारतमा कोभिड–१९ सङ्क्रमितको दर बढेपछि प्रदेश १ सरकारले पूवी नाका काड्डभिट्टामा हेल्थ डेस्क राखि स्वास्थ्य जाँच सुरू गरेको छ । काड्डभिट्टा नाकाबाट नेपालीहरू फर्किने क्रम बढेपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीले स्वास्थ्य जाँचसहितको हेल्थ डेस्क सञ्चालनमा ल्याएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ सरकारले कोशी कोभिड–१९ अस्पताल पुन सञ्चालनमा ल्याउने तयारी गरेको छ । सामाजिक विकास मन्त्री उषाकला राईले चैत ३० गते प्रदेश सरकारले बन्द गरेको कोशी कोभिड–१९ अस्पतालको निरीक्षण गर्नु भएको छ । कोभिड अस्पताल र जिल्लामा रहेका कोभिड अस्पताल पुन सञ्चालनमा ल्याउने निर्णय प्रदेश सरकारले गरेको छ ।
बागमती प्रदेश
यस प्रदेशमा चैत ३० गते कोभिड–१९ सङ्क्रमितको सङ्ख्या जम्मा १ लाख ५४ हजार ६ सय ९६ जना पुगेको छ । अघिल्ला हप्ता १ लाख ५३ हजार ४ सय ४२ जना कोभिड–१९ का सङ्क्रमित रहेकोमा यस हप्ता १ हजार २ सय ५४ जना सङ्क्रमित थपिएका छन् । यो हप्ता अघिल्लो हप्ता भन्दा ५ सय ९ जना बढीले कोभिड–१९ का सङ्क्रमित थप भएका हुन् । यस प्रदेशमा अघिल्लो हप्तादेखि प्रत्येक हप्ता सङ्क्रमितको सङ्ख्या बढ्न थालेको छ ।
यस प्रदेशका कूल सङ्क्रमितमध्ये १ लाख ५२ हजार २ सय ४ जना उपचारपछि निको भइसकेका छन् भने विभिन्न अस्पतालका आइसोलेशन तथा होम आइसोलेशनमा १ हजार ४ सय ६४ जना उपचाररत रहेका छन् । अघिल्लो हप्ता सक्रिय सङ्क्रमतिको सङ्ख्या ८ सय १९ जना रहेकोमा यो हप्ता ६ सय ४५ जना बढ्न गई १ हजार ४ सय ६४ जनामा पुगेको हो । चैत ३० गतेसम्म मृत्यु हुनेको सङ्ख्या भने १ हजार २९ जना पुगेको छ । यो अघिल्लो हप्ता भन्दा ५ जनाले बढी हो । यस प्रदेशमा कोभिड–१९ बाट मृत्यु हुनेको दर ०.६७ प्रतिशत रहेको छ ।
अघिल्लो साता ३९.६० प्रतिशत महिला र ६०.४० प्रतिशत पुरुष सङ्क्रमित भएकोमा चैत ३० गते पनि सोही प्रतिशतको अनुपातमा महिला र पुरुषको सङ्क्रमित प्रतिशत रहेको छ । बागमती प्रदेशमा अघिल्लो हप्ता देशको कूल सङ्क्रमणको सङ्ख्या ५५.१० प्रतिशत रहेकोमा चैत २३ गते आइपुग्दा ५५.३० प्रतिशत कायम भएको छ ।
यस प्रदेशमा कोभिड–१९ सङ्क्रमण पुष्टि भएका मध्येमा अघिल्लो हप्ता ९८.८० प्रतिशतको हाराहारीमा निको हुनेको सङ्ख्या रहेकोमा चैत ३० गते आइपुग्दा यो सङ्ख्या ९८.३९ प्रतिशतमा आएको छ । कोभिड–१९ को विरुद्ध पहिलो र दोस्रो चरणको खोप कार्यक्रममा लक्ष्य ६ लाख २ हजार ६ सयको ४६ जना रहेकोमा ३ लाख ९६ हजार ४ सय ३९ जनाले खोप लागाएका छन् । जुन लक्ष्यको ६५.७८ प्रतिशत मात्र पुरा भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । तेस्रो चरण अन्तर्गत यस प्रदेशमा चैत २५ गतेदेखि कोभिड–१९ विरुद्धको खोप अभियान सुरु भएकोमा चैत ३० गतेसम्म ४० हजार ७ सय ४७ जनाले खोप लिइ सकेका छन् ।
गण्डकी प्रदेश
गण्डकी प्रदेशमा चैत २४ गतेबाट चैत ३० गतेसम्म थप २ सय ८० जनामा कोभिड–१९ सङ्क्रमण देखिएको छ । जसमध्ये १ सय ५० जना पुरुष र १ सय ३० जना महिला रहेका छन् । योसँगै प्रदेशमा कुल सङ्क्रमितको सङ्ख्या १९ हजार १५ रहेको छ ।
लुम्बिनी प्रदेश
लुम्बिनी प्रदेशमा कोभिड सङक्रमण बढ्दै गएको छ । यस साता महिला १ सय ४९ जना र पुरुष २ सय ३६ जना गरी ३ सय ८५ जनामा कोभिड सङ्क्रमण पुष्टि भएको छ । यस साता सबै भन्दा बढी बाँके जिल्लमा ६६ पुरुष र ४८ महिला गरी १ सय १४ जनामा सङ्क्रण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा प्रदेशमा ४ सय ४८ जनामा गरिएको परीक्षणमा १ सय १९ जनामा कोभिड पोजेटिभ देखिएको स्वास्थ्य मन्त्रालयको तथ्याङ्कले जनाएको छ । प्रदेशमा ४ सय ६२ जना होम आइसोलेशन, ४२ जना आइसोलेशन र ३५ जना आइसियुमा रहेका छन् । पछिल्लो २४ घण्टामा प्रदेशमा दुई जनाको मृत्यु भएको लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
सुदूरपश्चिम प्रदेश
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार सुदूरपश्चिम प्रदेशमा चैत २४ गतेदेखि चैत ३० गतेसम्म २४ जना महिला सहित ६९ जनामा सङ्क्रमण पुष्टि भएको छ । चैत ३० गते मात्रै सुदूरपश्चिमका डडेल्धुरा जिल्लामा एक पुरुष, कैलालीमा तीन महिला सहित १४ जनामा र कञ्चनपुरमा ६ पुरुष गरी जम्मा २१ जनामा सङ्क्रमण पुष्टि भएको छ । यो साता एक जना पुरुषको मृत्यु भएसँगै यस सुदूरपश्चिम प्रदेशमा मृत्यु हुनेको सङ्ख्या ६८ पुगेको छ । हालसम्म सुदूरपश्चिम प्रदेशमा ३ हजार ९ सय ६६ जना महिला र ११ हजार १ सय ९६ जना पुरुष गरी १५ हजार १ सय ६२ जनामा कोभिड पुष्टि भएको छ । नेपाल सरकारले सञ्चालन गरेको पहिलो र दोस्रो चरणको कोभिड १९ विरुद्धको खोप अभियानमा सुदूरपश्चिम प्रदेशमा चैत १५ गतेसम्म २ लाख २ हजार ८ सय ८ जनाले खोप लिएको सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
अनलाइन डेस्क
सम्बन्धित समाचारहरू
कुटपिट घटनाका आरोपितविरुद्ध उजुरी
देबाही गोनाही नगरपालिका–३ देबाही टोलका ७० वर्षीय कञ्चन बैठामाथि धारिलो हतियार प्रहार गरी गम्भीर घाइते बनाएका आरोपित निजका छोरा ३० वर्षीय रविन बैठाविरुद्ध प्रहरीले इलाका प्रहरी कार्यालय गरुडाम ०८१ मङ्सिर…
अपाङ्गमैत्री संरचनाको अभावका कारण सास्ती खेप्नुपरेको अपाङ्गता भएका व्यक्तिको गुनासो
राज्यले निर्माण गर्ने संरचनाहरु आपाङ्मैत्री नहुँदा र आपाङ्गता भएका व्यक्तिहरु राज्यका विभिन्न सेवासुविधाबाट वञ्चित हुनुपरेकोले अपाङ्गता भएका व्यक्तिहरुले थप सास्ती खेप्नुपरेको छ । राज्यबाट आफूहरू अपहेलनामा परेको अपाङ्गता भएका व्यक्तिहरुले…
डायलासिस सेवा सञ्चालन नगरिदा बिरामीलाई सास्ती
सुदूरपश्चिमको एक मात्र ‘विशिष्ट विशेषज्ञ’ अस्पताल डडेल्धुरा अस्पतालमा डायलासिस सेवा सञ्चालनमा नआउँदा बिरामीले सास्ती भोग्नु परेको छ । मृर्गौला रोगबाट पीडित बिरामीका लागि अस्पतालले दुई वर्ष पहिले उपकरण खरिद गरेको…
बलात्कार घटनाको मुद्दा मुल्तबीमा
१६ वर्षीया बालिकालाई बलात्कार घटनाका आरोपित सिरहा जिल्ला, सखुवानान्कारकट्टी-५ स्थायी घर भइ लिम्चुङबुङ गाउँपालिका-३ बाराहामा शिक्षण पेशा गर्दै आएका ३५ वर्षीय अमितकुमार यादवविरूद्धको मुद्दा जिल्ला अदालतले मुल्तबीमा राख्ने फैसला गरेको…
द्वन्द्वकालमा यातना पाएकाले मानसिक समस्याको औषधि नियमित सेवन गर्दै
सशस्त्र द्वन्द्वको क्रममा शारीरिक तथा मानसिक यातना पाएका तनहुँका १६ जनाले हालसम्म पनि मानसिक समस्याको औषधि सेवन गर्नु परेको छ । द्वन्द्वकालमा तनहुँका ९० जना नागरिकले राज्य तथा विद्रोही पक्षबाट…