कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (पुस २५ गते)

पुस २५ गते ३ सय ६२ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ६४ हजार ५ सय २१ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा ४ हजार २ सय ८६ ओटा नमूना परीक्षण गरेको पनि मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये २ लाख ५७ हजार ९ सय २८ जना निको भएका छन् । पुस २५ गते ६ सय ९९ जना निको भएका छन् भने निको हुनेको दर ९७.५ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । पुस २५ गतेसम्म १ हजार ९ सय १२ जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । ४ हजार ६ सय ८१ जना सक्रिय सङ्क्रमित रहेकामा १ हजार ३ सय ८९ जना होम आइसोलेशनमा छन् । उपचाररतमध्ये १ सय ८६ जनाको उपचार आइसीयूमा र ३८ जनाको उपचार भेण्टिलेटरमा भइरहेको छ । मन्त्रालयका अनुसार सोलुखुम्बु र मुगुमा सक्रिय सङ्क्रमित छैनन् भने काठमाडौँमा ५ सयभन्दा बढी सक्रिय सङ्क्रमित छन् ।


अनलाइन डेस्क