कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (पुस २४ गते)

पुस २४ गते ५ सय ५४ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ६४ हजार १ सय ५९ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा ५ हजार २ सय ६९ ओटा नमूना परीक्षण गरेको पनि मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये २ लाख ५७ हजार २ सय २९ जना निको भएका छन् । पुस २४ गते ५ सय ८५ जना निको भएका छन् भने निको हुनेको दर ९७.४ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । पुस २४ गतेसम्म १ हजार ९ सय ९ जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । ५ हजार २१ जना सक्रिय सङ्क्रमित रहेकामा १ हजार ५ सय ६१ जना होम आइसोलेशनमा छन् । उपचाररतमध्ये १ सय ८२ जनाको उपचार आइसीयूमा र ३७ जनाको उपचार भेण्टिलेटरमा भइरहेको छ । मन्त्रालयका अनुसार सोलुखुम्बु, मुगु र सल्यानमा सक्रिय सङ्क्रमित छैनन् भने काठमाडौँमा ५ सयभन्दा बढी सक्रिय सङ्क्रमित छन् ।


अनलाइन डेस्क