कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (पुस १९ गते)

पुस १९ गते ४ सय २१ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ६१ हजार ८ सय ५९ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा ५ हजार ८ सय ओटा नमूना परीक्षण गरेको पनि मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये २ लाख ५४ हजार ४ सय ९४ जना निको भएका छन् । पुस १९ गते ६ सय ३७ जना निको भएका छन् भने निको हुनेको दर ९७.२ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । पुस १९ गतेसम्म १ हजार ८ सय ७८ जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । ५ हजार ४ सय ८७ जना सक्रिय सङ्क्रमित रहेकामा १ हजार ९ सय ६६ जना होम आइसोलेशनमा छन् । उपचाररतमध्ये १ सय ९९ जनाको उपचार आइसीयूमा र ३५ जनाको उपचार भेण्टिलेटरमा भइरहेको छ । मन्त्रालयका अनुसार सोलुखुम्बु र मुगुमा सक्रिय सङ्क्रमित छैनन् भने काठमाडौँमा ५ सयभन्दा बढी सक्रिय सङ्क्रमित छन् ।

 


अनलाइन डेस्क