कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (पुस १५ गते)
पुस १५ गते ५ सय ११ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ६० हजार ५९ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा ५ हजार १ सय १० ओटा नमूना परीक्षण गरेको पनि मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये २ लाख ५१ हजार ९ सय १२ जना निको भएका छन् । पुस १५ गते ६ सय जना निको भएका छन् भने निको हुनेको दर ९६.९ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । पुस १५ गतेसम्म १ हजार ८ सय ४७ जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । ६ हजार ३ सय जना सक्रिय सङ्क्रमित रहेकामा २ हजार ८ सय २३ जना होम आइसोलेशनमा छन् । उपचाररतमध्ये २ सय १७ जनाको उपचार आइसीयूमा र ३७ जनाको उपचार भेण्टिलेटरमा भइरहेको छ । मन्त्रालयका अनुसार महोत्तरी, सर्लाही, सिरहा, मुगु र रुकुम पश्चिममा सक्रिय सङ्क्रमित छैनन् भने काठमाडौँमा ५ सयभन्दा बढी सक्रिय सङ्क्रमित छन् ।
अनलाइन डेस्क
सम्बन्धित समाचारहरू
विद्यालय शिक्षा विधेयकको विरोधमा राहत शिक्षक नौ दिनदेखि आन्दोलनमा
सरकारले संसदमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकमा आफ्ना मुद्दाहरू नसमेटिएको भन्दै सामुदायिक विद्यालयका राहत शिक्षक ०८० असोज २ गतेदेखि विभिन्न कार्यक्रम गर्दै आन्दोलनमा रहेका छन् । नेपाल राहत शिक्षक केन्द्रीय…
बलात्कार घटनाका आरोपित विरुद्ध उजुरी दर्ता
२५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा बहुदरमाई नगरपालिका–७ का ४५ वर्षीय सुशिल राउत कुर्मी विरुद्ध पीडितले जिल्ला प्रहरी कार्यालयमा २०८० असोज ५ गते दिएको उजुरी प्रहरीले असोज ७ गते दर्ता…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सन्धिखर्क नगरपालिका–१ बस्ने २० वर्षीय रामबहादुर पुनलाई असोज ८ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले असोज ७ गते बलात्कार गरेको भन्दै पीडित…
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले बेच्यो कुहिएको चामल : स्थानीय मर्कामा
नाम्खा गाउँपालिका–५ मुचुमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले असोज ५ गते कुहिएको चामल बिक्री गरेको स्थानीय सम्बा रिन्जिन तामाङले आरोप लगाउनुभयो । दुई हप्ता अगाडि मात्रै काठमाडौंबाट केरुङ नाका…
चिकित्सक कुटपिट घटनामा इन्सेक सहित अधिकारकर्मीद्वारा अनुगमन
मणिपाल शिक्षण अस्पतालमा बिरामीको मृत्युलाई लिएर डाक्टरलाई कुटपिट तथा अस्पतालमा तोडफोड गरेको विषयलाई लिएर इन्सेक प्रदेश गण्डकी प्रदेश कार्यालयका टिम र अधिकारकर्मीको टोलीले असोज ९ गते घटनाका विषयमा अनुगमन गरेको…