कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (पुस १३ गते)

पुस १३ गते ६ सय ५९ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ५८ हजार ८ सय ४० पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा ५ हजार ५ सय ७८ ओटा नमूना परीक्षण गरेको पनि मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये २ लाख ५० हजार ५ सय ८१ जना निको भएका छन् । पुस १३ गते ७ सय १८ जना निको भएका छन् भने निको हुनेको दर ९६.८ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । पुस १३ गतेसम्म १ हजार ८ सय ३२ जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । ६ हजार ४ सय २७ जना सक्रिय सङ्क्रमित रहेकामा ३ हजार २२ जना होम आइसोलेशनमा छन् । उपचचाररतमध्ये २ सय ५४ जनाको उपचार आइसीयूमा र ४० जनाको उपचार भेण्टिलेटरमा भइरहेको छ । मन्त्रालयका अनुसार महोत्तरी, सर्लाही, सिरहा, मुगु र रुकुम पश्चिममा सक्रिय सङ्क्रमित छैनन् भने काठमाडौँमा ५ सयभन्दा बढी सक्रिय सङ्क्रमित छन् ।

 


अनलाइन डेस्क