कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (पुस १२ गते)
पुस १२ गते ४ सय ८१ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ५८ हजार १ सय ८१ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा ३ हजार ८ सय २८ ओटा नमूना परीक्षण गरेको पनि मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये २ लाख ४९ हजार ८ सय ६३ जना निको भएका छन् । पुस १२ गते ७ सय ३१ जना निको भएका छन् भने निको हुनेको दर ९६.८ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । पुस १२ गतेसम्म १ हजार ८ सय २५ जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । ६ हजार ४ सय ९३ जना सक्रिय सङ्क्रमित रहेकामा ३ हजार ७७ जना होम आइसोलेशनमा छन् । उपचचाररतमध्ये २ सय ३५ जनाको उपचार आइसीयूमा र ५३ जनाको उपचार भेण्टिलेटरमा भइरहेको छ । मन्त्रालयका अनुसार मुगु र रुकुम पश्चिममा सक्रिय सङ्क्रमित छैनन् भने काठमाडौँमा ५ सयभन्दा बढी सक्रिय सङ्क्रमित छन् ।
बागमती प्रदेश
रसुवा प्रतिनिधि हेमनाथ खतिवडाका अनुसार नौकुण्ड र आमाछोदिङमो गाउँपालिकामा कोभिड–१९ का नयाँ सङ्क्रमित देखापरेपछि स्थानीय तहको सेवा पुस ११ गतेदेखि एक साताका लागि बन्द गरिएको छ । कोभिड–१९ सङ्क्रमित सङ्ख्या बढ्दै आएपछि गाउँपालिका भवनमा रहेका कृषि, पशु, स्वास्थ्य, शिक्षालगायतका शाखा र यहाँ रहेका स्वास्थ्य संस्थाहरू पनि बन्द गरिएको आमाछोदिङमो गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख निमा तामाङले बताउनु भयो । आमाछोदिङमो र नौकुण्ड गाउँपालिकामा कार्यरत स्वास्थ्यकर्मीहरूमा कोभिड–१९ सङ्क्रमण देखिएपछि स्थानीय तहमा सेवा बन्द गरिएको स्वास्थ्य कार्यालय प्रमुख किरण श्रेष्ठले बताउनु भयो । उहाँका अनुसार जिल्लाभर ३२ जना सक्रिय सङ्क्रमित छन् ।
अनलाइन डेस्क
सम्बन्धित समाचारहरू
बलात्कार गरेको कसुरमा नौ वर्ष कैद सजायको फैसला
१४ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा तुलसीपुर–१४ का १५ वर्षीय बालकलाई ९ वर्ष कैद गर्ने फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश तेजनारायण पौडेलको इजलासले फागुन ६ गते दोषी ठहर…
बलात्कार गरेको कसुरमा १८ वर्ष कैद सजायको फैसला
१४ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा घोराही उमनपा–१२ का १९ वर्षीय गणेशप्रसाद चौधरीलाई जिल्ला अदालतले १८ वर्ष कैद सजायको फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश रोमाकान्त ज्ञवालीको इजलासले फागुन…
इन्सेक र मानवअधिकार आयोगद्वारा आत्महत्या घटनाको अनुगमन
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र राष्ट्रिय मानवअधिकार आयोग मधेस प्रदेशले नवराजपुर गाउँपालिका–१ मा भएको आत्महत्या घटनाको ०८१ फागुन ४ गते संयूक्त रुपमा अनुगमन गरेको छ । राष्ट्रिय मानवअधिकार आयोग…
अपहरण तथा शरीर बन्धक घटनाका आरोपितविरुद्ध उजुरी
२१ वर्षीया युवतीलाई अपहरण गरी शरीर बन्धक बनाई फरार रहेका आरोपित जनकपुरधाम उपमहानगरपालिका-२१ कुर्थाका २२ वर्षीय सुमित रायविरुद्ध ०८१ फागुन ५ गते पीडित पक्षले जिल्ला प्रहरी कार्यालय धनुषामा उजुरी दिनुभएको…
विद्यार्थीमाथि भएको जातीय विभेद घटनाको इन्सेक र मानवअधिकार आयोगद्वारा अनुगमन
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र राष्ट्रिय मानवअधिकार आयोग, मधेस प्रदेशले लहान नगरपालिका-१४ स्थित बस्तीपुर माध्यमिक विद्यालयमा दलित छात्रमाथि भएको जातीय छुवाछुत तथा विभेद घटनाको ०८१ फागुन ४ र ५…