कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (पुस १० गते)

पुस १० गते ६ सय ८ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ५७ हजार २ सय पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा ४ हजार १ सय ४२ ओटा नमूना परीक्षण गरेको पनि मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये २ लाख ४८ हजार २ सय ९२ जना निको भएका छन् । पुस १० गते ८ सय ९२ जना निको भएका छन् भने निको हुनेको दर ९६.५ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । पुस १० गतेसम्म १ हजार ८ सय १६ जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । ७ हजार ९२ जना सक्रिय सङ्क्रमित रहेकामा ३ हजार ७ सय १० जना होम आइसोलेशनमा छन् । उपचचाररतमध्ये २ सय ४९ जनाको उपचार आइसीयूमा र ४६ जनाको उपचार भेण्टिलेटरमा भइरहेको छ । मन्त्रालयका अनुसार मुगु र रुकुम पश्चिममा सक्रिय सङ्क्रमित छैनन् भने काठमाडौँमा ५ सयभन्दा बढी सक्रिय सङ्क्रमित छन् ।

 


अनलाइन डेस्क