कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (असोज २४ गते)
असोज २४ गते ५ हजार ८ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या १ लाख ५ हजार ६ सय ८४ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । जसमध्ये ३० प्रतिशत महिला र ७० प्रतिशत पुरुष रहेका छन् । गत २४ घण्टामा १९ हजार ३ सय २० जनाको स्वाब परीक्षण गरिएको मन्त्रालयले जनाएको छ । मन्त्रालयले जारी गरेको स्थिति प्रतिवेदन अनुसार असोज २४ गतेसम्म ६ सय १४ जना कोभिड–१९ सङ्क्रमितको मृत्यु भएको छ । सङ्क्रमितमध्ये ७४ हजार २ सय ५२ जना निको भएका छन् । असोज २४ गते १ हजार २ सय २९ जना निको भएका छन् भने निको हुनेको दर ७०.३ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । ३० हजार ८ सय १८ जनाको उपचार भइरहेको छ । मन्त्रालयका अनुसार १७ हजार १ सय ६४ जनाको उपचार होम आइसोलेशनमा भइरहेको छ । ३ सय २१ जनाको उपचार आइसीयूमा र ७७ जनाको उपचार भेण्टिलेटरमा भइरहेको छ ।
बागमती प्रदेश
रामेछाप प्रतिनिधि नवराज घिमिरेका अनुसार खाँडादेवी गाउँपालिकाका कर्मचारीमा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएपछि गाउँपालिले असोज २४ गते सूचना जारी गरी गाउँपालिका कार्यालय र आसपासको क्षेत्रलाई सील गरेको जनाएको छ । गाउँपालिकाका एक जना कर्मचारीमा असोज २४ गते कोभिड सङ्क्रमण पुष्टि भएको गाउँपालिका अध्यक्ष प्रेमबहादुर तामाङले जानकारी दिनुभयो । सङ्क्रमित कर्मचारी होम आइसोलेशनमा बसेको उहाँले बताउनुभयो । अन्य कर्मचारी र जनप्रतिनिधिको स्वाब परीक्षण गरी रिपोर्ट आएपछि मात्र कार्यालय सञ्चालन हुने अध्यक्ष तामाङले जानकारी दिनुभयो । यसको लागि कम्तीमा पाँच दिन लाग्ने र यसबीचमा पालिकाले उपलब्ध गराउने सबै सेवा बन्द हुने पालिकाले जनाएको छ ।
लुम्बिनी प्रदेश
रुपन्देही प्रतिनिधि रीमा बिसीका अनुसार कोभिड सङ्क्रमित बुटवल उमनपा–९ की ५५ वर्षीया महिला र नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) जिल्लाको सुनवल नगरपालिका–५ का ७६ वर्षीय बृद्धको असोज २३ गते लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ । एक साताअघि पीसीआर परीक्षण गर्दा कोभिड पोजेटिभ देखिएका नवलपरासीका बृद्धमा दम, उच्च रक्तचापको र ज्वरोको समस्या देखिएको थियो । महिलामा अरु कुनै समस्या नभएको अस्पतालका डाक्टर विष्णु गौतमले जानकारी दिनु भयो । यसैगरी, शुद्धोधन गाउँपालिका–६ का ५७ वर्षीय पुरुषको असोज २३ गते र बुटवल उपमनपा–१० का ७९ वर्षीय पुरुषको असोज २४ गते बुटवलस्थित कोरोना विशेष अस्पतालमा मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका डाक्टर सुदर्शन थापाले बताउनु भयो ।
पाल्पा प्रतिनिधि यज्ञमूर्ति तिमिल्सिनाका अनुसार निस्दी गाउँपालिका जनप्रतिनिधि र कर्मचारीहरू गरी १० जनामा एकै दिन कोभिड सङ्क्रमण पुष्टि भएपछि असोज २४ गतेदेखि कात्तिक १ गतेसम्म गाउँपालिकालाई सील गरिएको छ । गाउँपालिकाले सूचना जारी गर्दै कर्मचारी र जनप्रतिनिधिहरूको रिपोर्ट पोजेटिभ आएको र समुदायस्तरमै कोभिड सङ्क्रमण फैलनसक्ने उच्च जोखिम देखिएकोले निस्दी गाउँपालिका क्षेत्र पूर्ण रूपमा सील गरिएको जनाएको छ । यसैगरी, स्वास्थ्यकर्मीहरूमा सङ्क्रमण देखिएपछि पाल्पाको रामपुर अस्पतालले आकस्मिक बाहेकको अन्य सेवा असोज २३ गते रातिबाट बन्द भएको जनाएको छ ।
अनलाइन डेस्क
सम्बन्धित समाचारहरू
रोजगारीबाट पति घर नफर्किएपछि परिवारको बिचल्ली
भेरी नगरपालिका-११, महतारागाउँका अमृत टमटा रोजगारीको सिलसिलामा सात वर्षसम्म घर नफर्किएपछि परिवारको बिचल्ली भएको छ । सात वर्षअघि रोजगारीको सिलसिलामा मलेशिया गएका ४२ वर्षीय अमृत टमटा परिवारसग सम्पर्कविहिन भएपछि परिवार…
दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
२१ वर्षीया युवतीलाई सामाजिक सञ्जाल मार्फत दुर्व्यवहार गरेको आरोपमा दाङ जिल्लाको लमही नगरपालिका-५ का २१ वर्षीय रवि सिंह रसैलीलाई प्रहरीले ०८१ माघ २४ गते गिरफ्तार गरेको छ । आरोपितले म्यसेजिङ…
बलात्कार गरेको कसूरमा कैद सजायको फैसला
१६ वर्षीया बौद्धिक अपाङ्गता भएकी बालिकालाई बलात्कार गरेको कसूरमा जानकी गाउँपालिका—२ का ७१ वर्षीय गजबहादुर मगरलाई ०८१ माघ २३ गते १० वर्ष कैद सजायको फैसला गरिएको छ । जिल्ला अदालत,…
बलात्कार घटनाका आरोपित गिरफ्तार
नौ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा रोहिणी गाउँपालिका–६, बोधवारका १६ वर्षीय बालकलाई प्रहरीले ०८१ माघ २२ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले माघ १३ गते बलात्कार गरेको भन्दै…
बलात्कार गरेको कसुरमा तीन वर्ष कैदको फैसला
१७ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा पाँचखाल नगरपालिका–६ का २९ वर्षीय उमेश दनुवारलाई जिल्ला अदालतले ३ वर्ष कैद, ३० हजार रुपियाँ जरिबाना र घटना बाल विवाह भएको ठहर गरेको छ…