कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (पुस ४ गते)

पुस ४ गते ७ सय १० जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ५३ हजार १ सय ८४ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा ४ हजार ७ सय ८० ओटा नमूना परीक्षण गरेको पनि मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये २ लाख ४२ हजार ५ सय ६७ जना निको भएका छन् । पुस ४ गते १ हजार १ सय ७५ जना निको भएका छन् भने निको हुनेको दर ९५.८ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । पुस ४ गतेसम्म १ हजार ७ सय ७७ जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । ८ हजार ८ सय ४० जना सक्रिय सङ्क्रमित रहेकामा ५ हजार ३ सय ६४ जना होम आइसोलेशनमा छन् । उपचचाररतमध्ये २ सय ७९ जनाको उपचार आइसीयूमा र ५१ जनाको उपचार भेण्टिलेटरमा भइरहेको छ । मन्त्रालयका अनुसार मनाङमा सक्रिय सङ्क्रमित छैनन् भने काठमाडौँ, ललितपुर र कास्कीमा ५ सयभन्दा बढी सक्रिय सङ्क्रमित छन् ।


अनलाइन डेस्क