कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (पुस ३ गते)
पुस ३ गते ७ सय ८२ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ५२ हजार ४ सय ७४ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा ५ हजार ७ सय ६ ओटा नमूना परीक्षण गरेको पनि मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये २ लाख ४१ हजार ३ सय ९२ जना निको भएका छन् । पुस ३ गते १ हजार २९ जना निको भएका छन् भने निको हुनेको दर ९५.६ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । पुस ३ गतेसम्म १ हजार ७ सय ६५ जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । ९ हजार ३ सय १७ जना सक्रिय सङ्क्रमित रहेकामा ५ हजार ८ सय ३४ जना होम आइसोलेशनमा छन् । उपचचाररतमध्ये २ सय ८३ जनाको उपचार आइसीयूमा र ४९ जनाको उपचार भेण्टिलेटरमा भइरहेको छ । मन्त्रालयका अनुसार मनाङमा सक्रिय सङ्क्रमित छैनन् भने काठमाडौँ, ललितपुर र कास्कीमा ५ सयभन्दा बढी सक्रिय सङ्क्रमित छन् ।
लुम्बिनी प्रदेश
पाल्पा प्रतिनिधि यज्ञमूर्ति तिमिल्सिनाका अनुसार पूर्वखोला गाउँपालिका–२ स्थित जल्पा स्वास्थ्य चौकी एक साताका लागि सील गरिएको छ । कन्ट्याक्ट ट्रेसिङमा स्वाब परीक्षण गर्दा ६ जना कर्मचारीमा कोभिड पुष्टि भएपछि पुस १ गतेदेखि पुस ८ गतेसम्म स्वास्थ्य चौकीबाट प्रदान गरिने सम्पूर्ण सेवाहरू बन्द गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ज्ञानुप्रसाद पनेरुद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा उल्लेख छ ।
सुदूरपश्चिम प्रदेश
दार्चुला प्रतिनिधि नरेन्द्रसिंह कार्कीका अनुसार समुदायस्तरमा कोभिड फैलिने देखिएपछि मार्मा गाउँपालिकामा रहेका चार ओटा विद्यालय पुस ३ गतेदेखि पुस ९ गतेसम्मका लागि बन्द गरिएको छ । विद्युत लाइन विस्तारमा संलग्न एक जना कर्मचारीमा कोभिड देखिएपछि गाउँपालिकाका भित्र रहेका लटिनाथ मावि, रस्कोट, तपोवन मावि, पडपडा, सिद्धनाथ आधारभूत विद्यालय, बस्कोट र हटिनाथ आधारभूत विद्यालय, मर्मती बन्द गरिएको मार्मा गाउँपालिका शिक्षा शाखा प्रमुख राजेन्द्रप्रसाद जोशीले बताउनु भयो । ०७७ मङ्सिर ३० गते मकरीगाड हाइड्रोपावरमा कार्यरत एक जना ३० वर्षीय कर्मचारीमा कोभिड देखिनुभन्दा पहिले मार्मा गाउँपालिकाका विभिन्न घरमा गई विद्युतको मिटर जडान गर्ने र तार तान्ने काम गरेकाले समुदाय र बालबालिकामा कोभिड सङ्क्रमण फैलिन नदिन विद्यालय बन्द गर्नु परेको प्रमुख जोशीले बताउनु भयो । मार्मा गाउँपालिकाकामा गत आसोजदेखि विद्यालय सञ्चालनमा आएका थिए ।
कञ्चनपुर प्रतिनिधि कोमलनिरञ्जन भाटका अनुसार दोधारा चाँदनी नगरपालिकाले सामुदायमा कोभिड–१९ सङ्क्रमण देखिन थालेपछि पुस ३ गतेबाट एक सातासम्म लकडाउन गर्ने निर्णय गरेको छ । पुस २ गते नगरपालिकामा नौ जनालाई कोभिड–१९ को सङ्क्रमण देखिएपछि कोभिडको महामारी फैलन सक्ने भन्दै पुस २ गते कार्यपालिकाको आकस्मिक बैठकले लकडाउनको निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत गणेशदत्त मिश्राले बताउनुभयो ।
अनलाइन डेस्क
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपित गिरफ्तार
१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सुर्मा गाउँपालिका–४ घर भई जयपृथ्वी नगरपालिका–९ चौडमा कोठा भाडामा लिएर बन्दैआएका २१ वर्षीय पवन बोहरालाई ०८१ चैत ६ गते गिरफ्तार गरेको छ ।…
बलात्कार गरेको कसुरमा १० वर्ष कैद सजायको फैसला
१७ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले मुसिकोट नपा–५, रुकुम पश्चिमका ३० वर्षीय मिलन वनलाई १० वर्ष कैद सजायको फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश तेजनारायण पौडेलको इजलासले…
स्वास्थ्यकर्मीको लापरबाहीका कारण सीताको मृत्युभएको परिवारको आरोप
मालिकार्जुन गाउँपालिका–४ ऐरीछानाका ४५ वर्षीया सीता धामीको स्वास्थ्यकर्मीको गम्भीर लापरबाहीका कारण ज्यान गएको परिवारजनको आरोप छ । ०८१ फागुन २१ गते परिवार नियोजन मिनिल्याप शिविरमा उहाँको शल्यक्रिया बिगारेको कारण महिलाको…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
१६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले सैनामैना नपा–७, हर्नेयाका १९ वर्षीय शिव मल्लाहलाई चैत ५ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले चैत २ गते यौन दुर्व्यवहार…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१४ वर्षीया सुस्तमनिस्थिति तथा बौद्धिक अपाङ्गता भएकी बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले कैलारी गाउँपालिका—८ लोहपुरका १८ वर्षीय राम साउदलाई ०८१ चैत ६ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले…