कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (पुस २ गते)
पुस २ गते ७ सय ७६ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ५१ हजार ६ सय ९२ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा ६ हजार ५ सय ८८ ओटा नमूना परीक्षण गरेको पनि मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये २ लाख ४० हजार ३ सय ६३ जना निको भएका छन् । पुस २ गते ९ सय ४७ जना निको भएका छन् भने निको हुनेको दर ९५.५ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । पुस २ गतेसम्म १ हजार ७ सय ४९ जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । मृत्यु भएकामध्ये ५ सय २३ जना (३० प्रतिशत) महिला र १ हजार २ सय २६ जना (७० प्रतिशत) पुरुष छन् । ९ हजार ५ सय ८० जना सक्रिय सङ्क्रमित रहेकामा ५ हजार ८ सय ८३ जना होम आइसोलेशनमा छन् । उपचाररतमध्ये २ सय ८१ जनाको उपचार आइसीयूमा र ५९ जनाको उपचार भेण्टिलेटरमा भइरहेको छ । मन्त्रालयका अनुसार मनाङमा सक्रिय सङ्क्रमित छैनन् भने काठमाडौँ, ललितपुर र कास्कीमा ५ सयभन्दा बढी सक्रिय सङ्क्रमित छन् ।
कर्णाली प्रदेश
सल्यान प्रतिनिधि मिना बुढाथोकीका अनुसार पीसिआर परीक्षणका लागि सङ्कलन गरिएको तीन जना सर्वसाधारको स्वाब सुर्खेतसम्म पुर्याउन आर्थिक अभाव हुँदा मङ्सिर २८ गतेदेखि अस्पतालमै थन्किएको छ । स्वास्थ्य सेवा कार्यालयमा सङ्कलन गरिएको स्वाब कोरोना परीक्षण केन्द्र सुर्खेतसम्म पठाउन यातायातका लागि दिनु पर्ने रकम अभाव हुँदा समस्या भएको स्वास्थ्य सेवा कार्यालय सल्यानका कोरोना फोकल पर्सन रिखाराम पुनले बताउनुभयो । स्वास्थ्यका लागि सक्षम प्रणाली नामक संस्थाले महिनाको दुईपटक स्वाब पठाउनका लागि यातायात खर्च व्यहोर्ने भए पनि सो रकम पनि पर्याप्त नभएको उहाँको भनाइ छ । उहाँले भन्नुभयो–‘एउटा गाडीले सुर्खेतसम्म पुगेको ७ हजार ५ सय रुपियाँ लिन्छ तर संस्थाले ७ हजार रुपियाँ मात्र पठाउने गर्छ ।’ अस्पतालको एम्बुलेस पनि बिग्रिएर करिब ९ महिना अघिदेखि थन्किएको र अस्पतालको गाडी समेत निकै पुरानो हुँदा सङ्कलन गरिएको स्वाब समयमै परीक्षण गराउन नसकेको अस्पतालले जनाएको छ । कतिपय अवस्थामा स्थानीय तहहरूसँग समन्वय गरेर स्वाब पठाउने गरेपनि सरकारले नै कोरोनाको लक्षण देखिएमा स्वाब सङ्कलन गर्नु भनेपछि स्थानीय तहहरूले पनि नियमित स्वाब सङ्कलन नगर्ने गरेको स्वास्थ्य सेवा कार्यालय प्रमुख दशरथ श्रेष्ठले बताउनुभयो ।
अनलाइन डेस्क
सम्बन्धित समाचारहरू
हत्या घटनाका आरोपित गिरफ्तार
तुलसीपुर उमनपा–३ का नौ वर्षीय भुवन केसीलाई भरुवा बन्दुकले गोली प्रहार गरी हत्या गरेको आरोपमा १० वर्षीय दाजु र ६२ वर्षीय हजुरबुबा भुविन्द्र खत्रीलाई प्रहरीले ०८१ माघ २६ गते गिरफ्तार…
१५ शैया अस्पताल अलपत्रः निर्माण सम्पन्न भएको दुई वर्ष बित्दा पनि सञ्चालन विहिन अवस्था !
जिल्लाका स्थानीय तह स्तरमा निर्माण भएका १५ शैयाका अस्पताल अलपत्र अवस्थामा रहेका छन् । निर्माण कार्य सम्पन्न भएको दुई वर्ष बित्दा पनि अस्पताल सञ्चालन विहिन अवस्था देख्दा स्थानीयहरू निरास हुँदै…
बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी
२४ वर्षीय महिलालाई बलात्कार गरेको आरोपमा सहिद नगर नगरपालिका-१ का २२ वर्षीय धिरेन्द्र मण्डल विरुद्ध ०८१ माघ २४ गते पीडित पक्षले इलाका प्रहरी कार्यालय, यदुकुहामा उजुरी दिनुभएको छ । पीडित…
यौन दुर्व्यवहार कसुरमा दुई वर्ष ६ महिना कैद सजायको फैसला
१७ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा जिल्ला अदालतले साकेला गाउँपालिका-२ रतन्छाका ७६ वर्षीय मदन राईलाई दुई वर्ष ६ महिना कैद सजायको फैसला सुनाएको छ । जिल्ला अदालतका न्यायाधीश नारायणप्रसाद…
बलात्कार कसुरमा १२ वर्ष कैद सजाय
१२ वर्षीया छोरीलाई बलात्कार गरेको कसुरमा ४२ वर्षीय बुबालाई ०८१ माघ २४ गते जिल्ला अदालतले १२ वर्ष कैद सजायको फैसला गरेको छ । जिल्ला अदालत रौतहटका न्यायाधीश शम्भु रेग्मिको इजलासले…