कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (भदौ २४ गते)

भदौ २४ गते १ सय १० जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ९८ हजार ५ सय ४२ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा १ हजार १ सय ८६ ओटा स्वाब पिसिआर परीक्षणका लागि सङ्कलन गरेको पनि मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये ९ लाख ८४ हजार ८२ जना निको भएका छन् । भदौ २४ गते १ सय ३३ जना निको भएका छन् भने निको हुनेको दर ९८.६ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या २ हजार ४ सय ४८ रहेको छ ।

भदौ २४ गतेसम्म १२ हजार १२ जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । भदौ २४ गते एक जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार भदौ २४ गते २ हजार १ सय ८ ओटा स्वाब एण्टिजेन विधिबाट परीक्षण गरेकामा ४२ जनालाई कोभिड पुष्टि भएको छ । भदौ ४२ गतेसम्म एण्टिजेन विधिबाट गरिएको परीक्षणमा १ लाख ५१ हजार ३ सय ६३ जनालाई कोभिड पुष्टि भएको छ । भदौ २४ गतेसम्म २ करोड १९ लाख ९५ हजार ६१ जनालाई पुर्ण खोप लगाइएको मन्त्रालयले जनाएको छ ।

 


अनलाइन डेस्क