कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (भदौ २३ गते)

  ०७९ भदौ २३ गते 

भदौ २३ गते १ सय ३७ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ९८ हजार ४ सय ३२ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा १ हजार ५ सय १८ ओटा स्वाब पिसिआर परीक्षणका लागि सङ्कलन गरेको पनि मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये ९ लाख ८३ हजार ९ सय ४९ जना निको भएका छन् । भदौ २३ गते १ सय ६८ जना निको भएका छन् भने निको हुनेको दर ९८.६ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या २ हजार ४ सय ७३ रहेको छ ।

भदौ २३ गतेसम्म १२ हजार १० जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । भदौ २३ गते एक जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार भदौ २३ गते २ हजार ८ सय ८३ ओटा स्वाब एण्टिजेन विधिबाट परीक्षण गरेकामा ९० जनालाई कोभिड पुष्टि भएको छ । भदौ २३ गतेसम्म एण्टिजेन विधिबाट गरिएको परीक्षणमा १ लाख ५१ हजार ३ सय २१ जनालाई कोभिड पुष्टि भएको छ । भदौ २३ गतेसम्म २ करोड १९ लाख ९५ हजार ६१ जनालाई पुर्ण खोप लगाइएको मन्त्रालयले जनाएको छ ।


अनलाइन डेस्क