कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (भदौ २२ गते)

भदौ २२ गते १ सय २८ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ९८ हजार २ सय ९५ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा १ हजार ९ सय ५६ ओटा स्वाब पिसिआर परीक्षणका लागि सङ्कलन गरेको पनि मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये ९ लाख ८३ हजार ७ सय ८१ जना निको भएका छन् । भदौ २२ गते ७८ जना निको भएका छन् भने निको हुनेको दर ९८.६ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या २ हजार ५ सय ५ रहेको छ ।

भदौ २२ गतेसम्म १२ हजार ९ जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । भदौ २२ गते दुई जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार भदौ २२ गते १ हजार ८ सय ८० ओटा स्वाब एण्टिजेन विधिबाट परीक्षण गरेकामा १ सय २ जनालाई कोभिड पुष्टि भएको छ । भदौ २२ गतेसम्म एण्टिजेन विधिबाट गरिएको परीक्षणमा १ लाख ५१ हजार २ सय ३१ जनालाई कोभिड पुष्टि भएको छ । भदौ २२ गतेसम्म २ करोड १९ लाख ६६ हजार ९ सय ९२ जनालाई पुर्ण खोप लगाइएको मन्त्रालयले जनाएको छ ।

 


अनलाइन डेस्क