कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (भदौ २० गते)

भदौ २० गते १ सय १२ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ९७ हजार ९ सय ९० पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा १ हजार ५ सय १९ ओटा स्वाब पिसिआर परीक्षणका लागि सङ्कलन गरेको पनि मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये ९ लाख ८३ हजार ५ सय ३९ जना निको भएका छन् । भदौ २० गते २ सय ६ जना निको भएका छन् भने निको हुनेको दर ९८.६ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या २ हजार ४ सय ४४ रहेको छ ।

भदौ २० गतेसम्म १२ हजार ७ जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । भदौ २० गते कोभिड सङ्क्रमितको मृत्यु नभएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार भदौ २० गते २ हजार ५ सय ३९ ओटा स्वाब एण्टिजेन विधिबाट परीक्षण गरेकामा ९९ जनालाई कोभिड पुष्टि भएको छ । भदौ २० गतेसम्म एण्टिजेन विधिबाट गरिएको परीक्षणमा १ लाख ५१ हजार ६ जनालाई कोभिड पुष्टि भएको छ । भदौ २० गतेसम्म २ करोड १६ लाख ८६ हजार ३७ जनालाई पुर्ण खोप लगाइएको मन्त्रालयले जनाएको छ ।


अनलाइन डेस्क