कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (भदौ १८ गते)

  ०७९ भदौ १८ गते 

भदौ १८ गते ९२ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ९७ हजार ७ सय ५२ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा १ हजार ३ सय ८१ ओटा स्वाब पिसिआर परीक्षणका लागि सङ्कलन गरेको पनि मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये ९ लाख ८३ हजार १ सय ३ जना निको भएका छन् । भदौ १८ गते ३ सय ३९ जना निको भएका छन् भने निको हुनेको दर ९८.५ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या २ हजार ६ सय ४२ रहेको छ ।

भदौ १८ गतेसम्म १२ हजार ७ जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । भदौ १८ गते दुई जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार भदौ १८ गते २ हजार १ सय ५६ ओटा स्वाब एण्टिजेन विधिबाट परीक्षण गरेकामा १ सय ८ जनालाई कोभिड पुष्टि भएको छ । भदौ १८ गतेसम्म एण्टिजेन विधिबाट गरिएको परीक्षणमा १ लाख ५० हजार ८ सय ८१ जनालाई कोभिड पुष्टि भएको छ । भदौ १८ गतेसम्म २ करोड १५ लाख ४० हजार ९ सय ४६ जनालाई पुर्ण खोप लगाइएको मन्त्रालयले जनाएको छ ।


अनलाइन डेस्क