कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (भदौ १७ गते)

भदौ १७ गते १ सय ३४ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ९७ हजार ६ सय ६० पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा १ हजार ५ सय ९५ ओटा स्वाब पिसिआर परीक्षणका लागि सङ्कलन गरेको पनि मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये ९ लाख ८२ हजार ७ सय ६४ जना निको भएका छन् । भदौ १७ गते ३ सय ९८ जना निको भएका छन् भने निको हुनेको दर ९८.५ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या २ हजार ८ सय ९१ रहेको छ ।

भदौ १७ गतेसम्म १२ हजार ५ जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । भदौ १७ गते पाँच जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार भदौ १७ गते १ हजार २ सय ७४ ओटा स्वाब एण्टिजेन विधिबाट परीक्षण गरेकामा ७२ जनालाई कोभिड पुष्टि भएको छ । भदौ १७ गतेसम्म एण्टिजेन विधिबाट गरिएको परीक्षणमा १ लाख ५० हजार ७ सय ७३ जनालाई कोभिड पुष्टि भएको छ । भदौ १७ गतेसम्म २ करोड १४ लाख ५४ हजार ५ सय ९४ जनालाई पुर्ण खोप लगाइएको मन्त्रालयले जनाएको छ ।


अनलाइन डेस्क