कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (भदौ १६ गते)

  ०७९ भदौ १६ गते 

भदौ १६ गते १ सय ८० जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ९७ हजार ५ सय २६ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा १ हजार ७ सय ३२ ओटा स्वाब पिसिआर परीक्षणका लागि सङ्कलन गरेको पनि मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये ९ लाख ८२ हजार ३ सय ६६ जना निको भएका छन् । भदौ १६ गते २ सय १५ जना निको भएका छन् भने निको हुनेको दर ९८.५ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या ३ हजार १ सय ५८ रहेको छ ।

भदौ १६ गतेसम्म १२ हजार २ जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । भदौ १६ गते दुई जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार भदौ १६ गते १ हजार ८ सय २५ ओटा स्वाब एण्टिजेन विधिबाट परीक्षण गरेकामा ८९ जनालाई कोभिड पुष्टि भएको छ । भदौ १६ गतेसम्म एण्टिजेन विधिबाट गरिएको परीक्षणमा १ लाख ५० हजार ७ सय १ जनालाई कोभिड पुष्टि भएको छ । भदौ १६ गतेसम्म २ करोड १४ लाख १० हजार १ सय ४१ जनालाई पुर्ण खोप लगाइएको मन्त्रालयले जनाएको छ ।


अनलाइन डेस्क