कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (भदौ १५ गते)

भदौ १५ गते २ सय २४ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ९७ हजार ३ सय ४६ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा २ हजार ४ सय ८५ ओटा स्वाब पिसिआर परीक्षणका लागि सङ्कलन गरेको पनि मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये ९ लाख ८२ हजार १ सय ५१ जना निको भएका छन् । भदौ १५ गते १ सय ७५ जना निको भएका छन् भने निको हुनेको दर ९८.५ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या ३ हजार १ सय ९४ रहेको छ ।

भदौ १५ गतेसम्म १२ हजार १ जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । भदौ १५ गते एक जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार भदौ १५ गते १ हजार ४ सय ३५ ओटा स्वाब एण्टिजेन विधिबाट परीक्षण गरेकामा ४७ जनालाई कोभिड पुष्टि भएको छ । भदौ १५ गतेसम्म एण्टिजेन विधिबाट गरिएको परीक्षणमा १ लाख ५० हजार ६ सय १२ जनालाई कोभिड पुष्टि भएको छ । भदौ १५ गतेसम्म २ करोड १४ लाख १० हजार १ सय ४१ जनालाई पुर्ण खोप लगाइएको मन्त्रालयले जनाएको छ ।


अनलाइन डेस्क