कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (भदौ १४ गते)

भदौ १४ गते १ सय ४३ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ९७ हजार १ सय २२ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा १ हजार ४ सय ५८ ओटा स्वाब पिसिआर परीक्षणका लागि सङ्कलन गरेको पनि मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये ९ लाख ८१ हजार ९ सय ७६ जना निको भएका छन् । भदौ १४ गते २ सय ३२ जना निको भएका छन् भने निको हुनेको दर ९८.५ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या ३ हजार १ सय ४६ रहेको छ ।

भदौ १४ गतेसम्म १२ हजार जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । भदौ १४ गते कोभिड सङ्क्रमितको मृत्यु नभएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार भदौ १४ गते २ हजार ४ सय ६३ ओटा स्वाब एण्टिजेन विधिबाट परीक्षण गरेकामा १ सय १४ जनालाई कोभिड पुष्टि भएको छ । भदौ १४ गतेसम्म एण्टिजेन विधिबाट गरिएको परीक्षणमा १ लाख ५० हजार ५ सय ६५ जनालाई कोभिड पुष्टि भएको छ । भदौ १४ गतेसम्म २ करोड १४ लाख १० हजार १ सय ४१ जनालाई पुर्ण खोप लगाइएको मन्त्रालयले जनाएको छ ।


अनलाइन डेस्क