कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (भदौ १३ गते)

  ०७९ भदौ १३ गते 

भदौ १३ गते १ सय ४५ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ९६ हजार ९ सय ७९ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा १ हजार ५ सय २५ ओटा स्वाब पिसिआर परीक्षणका लागि सङ्कलन गरेको पनि मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये ९ लाख ८१ हजार ७ सय ४४ जना निको भएका छन् । भदौ १३ गते २ सय २३ जना निको भएका छन् भने निको हुनेको दर ९८.५ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या ३ हजार २ सय ३५ रहेको छ ।

भदौ १३ गतेसम्म १२ हजार जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । भदौ १३ गते कोभिड सङ्क्रमितको मृत्यु नभएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार भदौ १३ गते २ हजार ४ सय ८६ ओटा स्वाब एण्टिजेन विधिबाट परीक्षण गरेकामा ८१ जनालाई कोभिड पुष्टि भएको छ । भदौ १३ गतेसम्म एण्टिजेन विधिबाट गरिएको परीक्षणमा १ लाख ५० हजार ४ सय ५१ जनालाई कोभिड पुष्टि भएको छ । भदौ १३ गतेसम्म २ करोड १४ लाख १० हजार १ सय ४१ जनालाई पुर्ण खोप लगाइएको मन्त्रालयले जनाएको छ ।


अनलाइन डेस्क