कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (भदौ १२ गते)
भदौ १२ गते १ सय ६४ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ९६ हजार ८ सय ३४ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा २ हजार ६४ ओटा स्वाब पिसिआर परीक्षणका लागि सङ्कलन गरेको पनि मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये ९ लाख ८१ हजार ५ सय २१ जना निको भएका छन् । भदौ १२ गते ४ सय ६२ जना निको भएका छन् भने निको हुनेको दर ९८.५ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या ३ हजार ३ सय १३ रहेको छ ।
भदौ १२ गतेसम्म १२ हजार जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । भदौ १२ गते एक जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार भदौ १२ गते १ हजार ७ सय ६९ ओटा स्वाब एण्टिजेन विधिबाट परीक्षण गरेकामा ३८ जनालाई कोभिड पुष्टि भएको छ । भदौ १२ गतेसम्म एण्टिजेन विधिबाट गरिएको परीक्षणमा १ लाख ५० हजार ३ सय ७० जनालाई कोभिड पुष्टि भएको छ । भदौ १२ गतेसम्म २ करोड १३ लाख १९ हजार ७ सय ९७ जनालाई पुर्ण खोप लगाइएको मन्त्रालयले जनाएको छ ।
इन्सेक रसुवा प्रतिनिधि हेमनाथ खतिवडाका अनुसार उत्तरगया गाउँपालिका–४ को विभिन्न टोलमा कोरोना सङ्क्रमण बढ्दै गएकोले स्थानीय तहले भदौ ५ गतेदेखि अनिश्चितकालीन समयका लागि विद्यालय बन्द गरिएको छ । विद्यालयमा पढ्ने बालबालिकामा सङ्क्रमण देखिएपछि गाउँपालिका तथा वडा कार्यालयले सूचना जारी गरेर विद्यालयहरु बन्द गरेको कर्मीडाँडा स्वास्थ्य चौकीका स्वास्थ्य सहायक बलराम न्यौपानेले बताउनु भयो । एकै दिन १९ जना बालबालिकामा कोभिड–१९ को सङक्रमण पुष्टि भएसँगै विद्यालय बन्द गरिएको हो । स्वाब एण्टिजेन विधिबाट परीक्षण गर्दा धेरैमा कोभिड–१९ देखिएको छ भने लक्षण देखिएपछि परीक्षण गराउने भन्दा घरमै आराम गरेर बसेका धेरै छन् न्यौपानेले भन्नुभयो । यस वडामा मालिकादेवी आधारभूत, ढुङ्गे आधारभूत, भूवनेश्वरी आधारभूत र नवविजयी महेन्द्र मावि रहेका छन् ।
उत्तरगया गाउँपालिका–४ का नागरिकहरूलाई भदौ ५ गते सूचना जारी गर्दै कोरोना सङ्क्रमण बढ्दै गएकोले कोरोना संक्रमणको लक्षण देखिएका सवैलाई बाहिर ननिस्कन र स्वास्थ्य संस्थामा सम्पर्क राख्न अनुरोध गरेको वडा अध्यक्ष अमर बुलुनले बताउनु भयो । जिल्लाभर ३५ जना कोरोना सङ्क्रमित रहेकोमा कालिका गाउँपालिकामा तीन जना र उत्तरगया गाउँपालिकामा ३२ जनामा कोरोना सङ्क्रमण देखिएको र सबैजना होम आइसोलेशनमा रहेको स्वास्थ्य कार्यालय रसुवाको प्रतिवेदनमा उल्लेख छ ।
अनलाइन डेस्क
सम्बन्धित समाचारहरू
इन्सेकद्वारा बाल सुधार गृहको अनुगमन
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले पोखरा महानगरपालिका वडा नं.१८ सराङकोटमा रहेको बाल सुधार गृहको माघ १३ गते अनुगमन गरेको छ । गण्डकी प्रदेश कार्यालयका संयोजक शिव खकुरेलको नेतृत्वमा प्रलेख…
उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको सांसद पद खारेज
सर्वोच्च अदालतले अमेरिकी नागरिकता त्यागेपछि नेपालको नागरिकता पुनः प्राप्त नगरेको भन्दै उपप्रधान तथा गृहमन्त्री समेत रहेका प्रतिनिधि सभा चितवन क्षेत्र नं २ का सांसद रवि लामिछानेको सांसद पद ०७९ माघ…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले कपिलवस्तु बाणगंगा नपा–१० ओदारीका १९वर्षीय मनोज चौधरी र तिलोत्तमा नपा–१० सुपौलीका कुलबहादुर थापालाई माघ १० गते घरबाट गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा रुबीभ्याली गाउँपालिका-६ का ४६ वर्षीय आफ्नै बुवालाई प्रहरीले ०७९ माघ १२ गते गिरफ्तार गरेको छ । पीडित सुतेकै अवस्थामा नीलकण्ठ नगरपालिका-१२ साङकोष अस्थाई घरमा…
पीडित महिलालाई इन्सेकद्वारा आर्थिक सहयोग प्रदान
कथित बोक्सी आरोपमा कुटिएकी सिद्धलेक गाउँपालिका–२ बिसटारी की ४७ वर्षीया हिरादेवी सिलवाललाई अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले ०७९ माघ १३ गते सहयोग नगद उपलब्ध गराएको छ । इन्सेकको पीडित…