कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (भदौ ११ गते)

भदौ ११ गते ६५ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ९६ हजार ६ सय ७० पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा ६ सय ४३ ओटा स्वाब पिसिआर परीक्षणका लागि सङ्कलन गरेको पनि मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये ९ लाख ८१ हजार ५९ जना निको भएका छन् । भदौ ११ गते ३ सय ९६ जना निको भएका छन् भने निको हुनेको दर ९८.४ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या ३ हजार ६ सय १२ रहेको छ ।

भदौ ११ गतेसम्म ११ हजार ९ सय ९९ जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । भदौ ११ गते कोभिड सङ्क्रमितको मृत्यु नभएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार भदौ ११ गते २ हजार १ सय ९६ ओटा स्वाब एण्टिजेन विधिबाट परीक्षण गरेकामा १ सय ८ जनालाई कोभिड पुष्टि भएको छ । भदौ ११ गतेसम्म एण्टिजेन विधिबाट गरिएको परीक्षणमा १ लाख ५० हजार ३ सय ३२ जनालाई कोभिड पुष्टि भएको छ । भदौ ११ गतेसम्म २ करोड १३ लाख १० हजार ९ सय १३ जनालाई पुर्ण खोप लगाइएको मन्त्रालयले जनाएको छ ।


अनलाइन डेस्क