कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (भदौ १० गते)

  ०७९ भदौ १० गते 

भदौ १० गते १ सय ६३ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ९६ हजार ६ सय ५ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा १ हजार ६ सय ७३ ओटा स्वाब पिसिआर परीक्षणका लागि सङ्कलन गरेको पनि मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये ९ लाख ८० हजार ६ सय ६३ जना निको भएका छन् । भदौ १० गते ४ सय १८ जना निको भएका छन् भने निको हुनेको दर ९८.४ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या ३ हजार ९ सय ४३ रहेको छ ।

भदौ १० गतेसम्म ११ हजार ९ सय ९९ जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । भदौ १० गते एक जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार भदौ १० गते १ हजार ८ सय ४२ ओटा स्वाब एण्टिजेन विधिबाट परीक्षण गरेकामा १ सय ६१ जनालाई कोभिड पुष्टि भएको छ । भदौ १० गतेसम्म एण्टिजेन विधिबाट गरिएको परीक्षणमा १ लाख ५० हजार २ सय २४ जनालाई कोभिड पुष्टि भएको छ । भदौ १० गतेसम्म २ करोड १२ लाख ८८ हजार १ सय ७९ जनालाई पुर्ण खोप लगाइएको मन्त्रालयले जनाएको छ ।


अनलाइन डेस्क