कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (भदौ ७ गते) 

भदौ ७ गते ३ सय ४३ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ९५ हजार ९ सय ८९ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा २ हजार ७ सय ५७ ओटा स्वाब पिसिआर परीक्षणका लागि सङ्कलन गरेको पनि मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये ९ लाख ७९ हजार ७ सय ७४ जना निको भएका छन् । भदौ ७ गते ४ सय १७ जना निको भएका छन् भने निको हुनेको दर ९८.४ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या ४ हजार २ सय २१ रहेको छ ।

भदौ ७ गतेसम्म ११ हजार ९ सय ९४ जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । भदौ ७ गते एक जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार भदौ ७ गते २ हजार १ सय ९२ ओटा स्वाब एण्टिजेन विधिबाट परीक्षण गरेकामा २ सय ९१ जनालाई कोभिड पुष्टि भएको छ । भदौ ७ गतेसम्म एण्टिजेन विधिबाट गरिएको परीक्षणमा १ लाख ४९ हजार ५ सय ८५ जनालाई कोभिड पुष्टि भएको छ । भदौ ७ गतेसम्म २ करोड १२ लाख ५९ हजार ४ सय ५९ जनालाई पुर्ण खोप लगाइएको मन्त्रालयले जनाएको छ ।

 


अनलाइन डेस्क