कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (भदौ ५ गते) 

भदौ ५ गते २ सय २ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ९५ हजार २ सय ४१ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा १ हजार ८ सय १६ ओटा स्वाब पिसिआर परीक्षणका लागि सङ्कलन गरेको पनि मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये ९ लाख ७८ हजार ९ सय १ जना निको भएका छन् । भदौ ५ गते ४ सय ७९ जना निको भएका छन् भने निको हुनेको दर ९८.४ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या ४ हजार ३ सय ४८ रहेको छ ।

भदौ ५ गतेसम्म ११ हजार ९ सय ९२ जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । भदौ ५ गते कोभिड सङ्क्रमितको मृत्यु नभएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार भदौ ५ गते १ हजार ६ सय ७ ओटा स्वाब एण्टिजेन विधिबाट परीक्षण गरेकामा ८४ जनालाई कोभिड पुष्टि भएको छ । भदौ ५ गतेसम्म एण्टिजेन विधिबाट गरिएको परीक्षणमा १ लाख ४९ हजार ४१ जनालाई कोभिड पुष्टि भएको छ । भदौ ५ गतेसम्म २ करोड १२ लाख ३० हजार ६ सय ३९ जनालाई पुर्ण खोप लगाइएको मन्त्रालयले जनाएको छ ।

 


अनलाइन डेस्क