कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (भदौ ४ गते) 

भदौ ४ गते १ सय ८० जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ९५ हजार ३९ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा १ हजार ६ सय ७० ओटा स्वाब पिसिआर परीक्षणका लागि सङ्कलन गरेको पनि मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये ९ लाख ७८ हजार ४ सय २२ जना निको भएका छन् । भदौ ४ गते ५ सय ७७ जना निको भएका छन् भने निको हुनेको दर ९८.३ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या ४ हजार ६ सय २५ रहेको छ ।

भदौ ४ गतेसम्म ११ हजार ९ सय ९२ जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । भदौ ४ गते दुई जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार भदौ ४ गते २ हजार ६ सय ६७ ओटा स्वाब एण्टिजेन विधिबाट परीक्षण गरेकामा १ सय १९ जनालाई कोभिड पुष्टि भएको छ । भदौ ४ गतेसम्म एण्टिजेन विधिबाट गरिएको परीक्षणमा १ लाख ४८ हजार ९ सय ५७ जनालाई कोभिड पुष्टि भएको छ । भदौ ४ गतेसम्म २ करोड १२ लाख ३० हजार ३ सय ७९ जनालाई पुर्ण खोप लगाइएको मन्त्रालयले जनाएको छ ।


अनलाइन डेस्क