कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (भदौ २ गते)
भदौ २ गते २ सय २४ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ९४ हजार ६ सय १३ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा २ हजार ८२ ओटा स्वाब पिसिआर परीक्षणका लागि सङ्कलन गरेको पनि मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये ९ लाख ७७ हजार ३ सय ५८ जना निको भएका छन् । भदौ २ गते ४ सय २१ जना निको भएका छन् भने निको हुनेको दर ९८.३ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या ५ हजार २ सय ६५ रहेको छ ।
भदौ २ गतेसम्म ११ हजार ९ सय ९० जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । भदौ २ गते कोभिड सङ्क्रमितको मृत्यु नभएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार भदौ २ गते २ हजार ८ सय ४८ ओटा स्वाब एण्टिजेन विधिबाट परीक्षण गरेकामा ३ सय १८ जनालाई कोभिड पुष्टि भएको छ । भदौ २ गतेसम्म एण्टिजेन विधिबाट गरिएको परीक्षणमा १ लाख ४८ हजार ४ सय ६१ जनालाई कोभिड पुष्टि भएको छ । भदौ २ गतेसम्म २ करोड १२ लाख १२ हजार ९ सय ९२ जनालाई पुर्ण खोप लगाइएको मन्त्रालयले जनाएको छ ।
गोरखा प्रतिनिधि हरिराम उप्रेतिका अनुसार कोभिड सङ्क्रमण बढेपछि भिमसेन थापा गाउँपालिकाको पाँच विद्यालयको पठनपाठन बन्द गरिएको छ । भिमसेन थापा गाउँपालिका–१ को दुल्लभ मावि घ्याम्पेशाल, कनकामना आधारभुत विद्यालय, चण्डेश्वरी आधारभुत विद्यालय, विन्द्रावती मावि मसेल र वडा नम्वर ६ को नवजागृति चण्डी मावि आश्राङको पठनपाठन बन्द भएको हो । पाँच विद्यालयका २ सय ४३ जना विद्यार्थीहरुमा गरिएको परीक्षणको क्रममा ३८ जनामा कोभिड सङ्क्रमण देखिएको भिमसेन थापा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख भेषराज खनलले बताउनु भयो । दुल्लभमा १४, विन्द्रवतीमा सात, कनकामनामा दुई, चण्डेश्वरवीमा पाँच र नवजागृतीमा १० जना विद्यार्थीलाई कोभिड सङ्क्रमण देखिएको हो । सामान्य रुघाखोकीको लक्षण देखिएपछि कोभिड चेकजाँच गराउँदा सङ्क्रमण देखिएको उहाँको भनाइ छ । विद्यालय व्यवस्थापन समितिले निर्णय गरेर विद्यालय बन्द गरिएको हो ।
अनलाइन डेस्क
सम्बन्धित समाचारहरू
इन्सेकद्वारा बाल सुधार गृहको अनुगमन
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले पोखरा महानगरपालिका वडा नं.१८ सराङकोटमा रहेको बाल सुधार गृहको माघ १३ गते अनुगमन गरेको छ । गण्डकी प्रदेश कार्यालयका संयोजक शिव खकुरेलको नेतृत्वमा प्रलेख…
उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको सांसद पद खारेज
सर्वोच्च अदालतले अमेरिकी नागरिकता त्यागेपछि नेपालको नागरिकता पुनः प्राप्त नगरेको भन्दै उपप्रधान तथा गृहमन्त्री समेत रहेका प्रतिनिधि सभा चितवन क्षेत्र नं २ का सांसद रवि लामिछानेको सांसद पद ०७९ माघ…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले कपिलवस्तु बाणगंगा नपा–१० ओदारीका १९वर्षीय मनोज चौधरी र तिलोत्तमा नपा–१० सुपौलीका कुलबहादुर थापालाई माघ १० गते घरबाट गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा रुबीभ्याली गाउँपालिका-६ का ४६ वर्षीय आफ्नै बुवालाई प्रहरीले ०७९ माघ १२ गते गिरफ्तार गरेको छ । पीडित सुतेकै अवस्थामा नीलकण्ठ नगरपालिका-१२ साङकोष अस्थाई घरमा…
पीडित महिलालाई इन्सेकद्वारा आर्थिक सहयोग प्रदान
कथित बोक्सी आरोपमा कुटिएकी सिद्धलेक गाउँपालिका–२ बिसटारी की ४७ वर्षीया हिरादेवी सिलवाललाई अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले ०७९ माघ १३ गते सहयोग नगद उपलब्ध गराएको छ । इन्सेकको पीडित…