कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (साउन ३१ गते) 

साउन ३१ गते ३ सय ९९ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ९३ हजार ८ सय ५८ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा २ हजार ७ सय २२ ओटा स्वाब पिसिआर परीक्षणका लागि सङ्कलन गरेको पनि मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये ९ लाख ७६ हजार ६ सय ९ जना निको भएका छन् । साउन ३१ गते ५ सय २६ जना निको भएका छन् भने निको हुनेको दर ९८.३ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या ५ हजार २ सय ५९ रहेको छ ।

साउन ३१ गतेसम्म ११ हजार ९ सय ९० जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । साउन ३१ गते एक जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार साउन ३१ गते २ हजार ८ सय ९७ ओटा स्वाब एण्टिजेन विधिबाट परीक्षण गरेकामा ४ सय ४९ जनालाई कोभिड पुष्टि भएको छ । साउन ३१ गतेसम्म एण्टिजेन विधिबाट गरिएको परीक्षणमा १ लाख ४७ हजार ८ सय २२ जनालाई कोभिड पुष्टि भएको छ । साउन ३१ गतेसम्म २ करोड १० लाख ३३ हजार ४ सय ८ जनालाई पुर्ण खोप लगाइएको मन्त्रालयले जनाएको छ ।


अनलाइन डेस्क