कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (साउन २९ गते) 

साउन २९ गते ३ सय ५ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ९३ हजार ३२ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा २ हजार ३ सय ८ ओटा स्वाब पिसिआर परीक्षणका लागि सङ्कलन गरेको पनि मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये ९ लाख ७५ हजार ६ सय ९ जना निको भएका छन् । साउन २९ गते ३ सय २ जना निको भएका छन् भने निको हुनेको दर ९८.२ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या ५ हजार ४ सय ३५ रहेको छ ।

साउन २९ गतेसम्म ११ हजार ९ सय ८८ जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । साउन २९ गते दुई जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार साउन २९ गते २ हजार ५ सय २१ ओटा स्वाब एण्टिजेन विधिबाट परीक्षण गरेकामा १ सय ५० जनालाई कोभिड पुष्टि भएको छ । साउन २९ गतेसम्म एण्टिजेन विधिबाट गरिएको परीक्षणमा १ लाख ४६ हजार ९ सय १२ जनालाई कोभिड पुष्टि भएको छ । साउन २९ गतेसम्म २ करोड ७ लाख ७१ हजार ३ सय ४१ जनालाई पुर्ण खोप लगाइएको मन्त्रालयले जनाएको छ ।


अनलाइन डेस्क