कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (साउन २७ गते) 

  ०७९ साउन २७ गते 

साउन २७ गते ४ सय १९ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ९२ हजार ५ सय ६५ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा २ हजार २ सय ९० ओटा स्वाब पिसिआर परीक्षणका लागि सङ्कलन गरेको पनि मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये ९ लाख ७४ हजार ८ सय ६ जना निको भएका छन् । साउन २७ गते ५ सय ११ जना निको भएका छन् भने निको हुनेको दर ९८.२ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या ५ हजार ७ सय ७५ रहेको छ ।

साउन २७ गतेसम्म ११ हजार ९ सय ८४ जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । साउन २७ गते दुई जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार साउन २७ गते २ हजार ४ सय २२ ओटा स्वाब एण्टिजेन विधिबाट परीक्षण गरेकामा ३ सय ६२ जनालाई कोभिड पुष्टि भएको छ । साउन २७ गतेसम्म एण्टिजेन विधिबाट गरिएको परीक्षणमा १ लाख ४६ हजार ६ सय ६१ जनालाई कोभिड पुष्टि भएको छ । साउन २७ गतेसम्म २ करोड ६ लाख ४९ हजार ३ सय ६७ जनालाई पुर्ण खोप लगाइएको मन्त्रालयले जनाएको छ ।


अनलाइन डेस्क