कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (साउन २५ गते) 

साउन २५ गते ४ सय ९६ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ९१ हजार ६ सय ८१ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा ३ हजार ६ सय १४ ओटा स्वाब पिसिआर परीक्षणका लागि सङ्कलन गरेको पनि मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये ९ लाख ७३ हजार ८ सय १९ जना निको भएका छन् । साउन २५ गते ४ सय १४ जना निको भएका छन् भने निको हुनेको दर ९८.२ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या ५ हजार ८ सय ८५ रहेको छ ।

साउन २५ गतेसम्म ११ हजार ९ सय ७७ जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । साउन २५ गते तीन जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार साउन २५ गते ३ हजार ९१ ओटा स्वाब एण्टिजेन विधिबाट परीक्षण गरेकामा ३ सय ७२ जनालाई कोभिड पुष्टि भएको छ । साउन २५ गतेसम्म एण्टिजेन विधिबाट गरिएको परीक्षणमा १ लाख ४५ हजार ९ सय ४९ जनालाई कोभिड पुष्टि भएको छ । साउन २५ गतेसम्म २ करोड ६ लाख ४३ हजार ९१ जनालाई पुर्ण खोप लगाइएको मन्त्रालयले जनाएको छ ।


अनलाइन डेस्क