कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (साउन २४ गते) 

साउन २४ गते ५ सय ६० जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ९१ हजार १ सय ८५ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा २ हजार ९ सय ५८ ओटा स्वाब पिसिआर परीक्षणका लागि सङ्कलन गरेको पनि मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये ९ लाख ७३ हजार ४ सय ५ जना निको भएका छन् । साउन २४ गते ४ सय ३८ जना निको भएका छन् भने निको हुनेको दर ९८.२ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या ५ हजार ८ सय ६ रहेको छ ।

साउन २४ गतेसम्म ११ हजार ९ सय ७४ जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । साउन २४ गते दुई जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार साउन २४ गते ३ हजार ३ सय ४२ ओटा स्वाब एण्टिजेन विधिबाट परीक्षण गरेकामा ५ सय ३० जनालाई कोभिड पुष्टि भएको छ । साउन २४ गतेसम्म एण्टिजेन विधिबाट गरिएको परीक्षणमा १ लाख ४५ हजार ५ सय ७७ जनालाई कोभिड पुष्टि भएको छ । साउन २४ गतेसम्म २ करोड ६ लाख ४० हजार ३ सय ८१ जनालाई पुर्ण खोप लगाइएको मन्त्रालयले जनाएको छ ।


अनलाइन डेस्क